काठमाडौं, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि औपचारिक र अनौपचारिक दुवै ढङ्गबाट छलफल जारी राखिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकमा यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा विवाद भए पनि त्यसबारे अध्यक्षद्वयका साथै अन्य नेताले बोल्ने क्रम शुरु भएको छ ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल जारी रहेको र अर्काे बैठक बुधबार अपराह्न १ बजेका लागि पुनः राखिएको जानकारी दिए । उनका अनुसार यसबीचमा नेताहरुबीच अनौपचारिक छलफल र संवादका प्रक्रिया पनि चलिरहने छन् ।
दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलग-अलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच सहमति जुट्न सकेको छैन । मङ्सिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेको थियो ।
गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।
पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवादले नयाँ रुप लिएको हो ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१