मसिना खोला झोलुङ्गे पुल बन्दै

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७७
bridge

लेखनाथ । कास्कीको पोखरा–३२, मजुवा र तनहुँको शुक्लागण्डकी–२, एकलेखेत जोड्न झोलुङ्गेपुल निर्माण हुने भएको छ ।

मसिना खोला (कोत्रेखोला) द्वारको मुखमाथि बन्न लागेको सो पुलको हालै सांसद आशा कोइरालाले शिलान्यास गरिन् ।

पुल निर्माण गर्न १० वर्षदेखि महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै उनले व्यवसायीलाई स्थानीय सबैले काम गर्ने वातावरण मिलाइदिन आग्रह गरिन् । पुललाई आउजाउका रुपमा मात्रा प्रयोग नगरेर उत्पादन आयात निर्यातसँग जोड्नुपर्ने, कृषिप्रधान मुलुकमा स्थानीय उत्पादनलाई उद्यमशीलता मार्फत बजारीकरण गर्दै पुल निर्माणले समृद्धिको यात्रामा सहयोग पुर्‍याउने उनले बताइन् ।

मसिनाखोला झोलुङ्गे पुल निर्माण सहयोग समिति अध्यक्ष चक्रवहादुर ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गाना, शुक्लागण्डकी–२, का वडाध्यक्ष जगतबहादुर गुरुङ, पोखरा–३२, की वडासदस्य सूनमाया नेपाली, परिष्कार निर्माण समितिका रमेश भण्डारी, शुक्लागण्डकी नगरपालिका नागरिक समाजका खेमराज खनाल लगायतले बोलेका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास निर्देशनालय, पूर्वाधार विकास कार्यालय तनहुँले ४४ मिटर लम्बाई, १ दशमलब ६ मिटर चौडाईको झोलुङ्गे पुल १३ लाख १३ हजार रुपैयाँ लागतमा आगामी २०७८ असार मसान्तसम्म पुल निर्माण गर्ने लक्ष्य छ ।

पुल बनिसकेपछि पोखरा–३२को मजुवा, छुची, तल्लो गगनगौँडा र शुक्लागण्डकी १ र २ का एकले खेत तार्कुडाँडा, भङ्गारा, मकनपुर, भुजीकोट र थप्रेकका स्थानीयलाई लाभान्वित हुनेछन् । पुल १ सय मिटर अग्लो हुनेछ ।

पुल निर्माण सहयोग समितिका सहसचिव नवीन गुरुङले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव खेम गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width