नयाँदिल्ली, ६ मङ्सिर : भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोना भाइरसबाट एकैदिनमा कम्तीमा १ सय १८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल ८ हजार १ सय ५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।
सरकारी अधिकारीका अनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाको कुल संख्या ५ लाख १७ लाख २३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने ६ हजार ६ सय ८ रहेको अधिकारीले जानकारी दिएका छन् ।
कुल सङ्क्रमितमध्ये अहिलेसम्म ४ लाख ६८ हजार १ सय ४३ जना सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ७५ जना सङ्क्रमणमुक्त भएका हुन् ।
भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९ सय ३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४ सय २५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ ।
भारतको दिल्लीमा केही समययता कोरोना भाइरसको सङ्क्रमण न्यून देखिएपनि अहिले पछिल्लो समयमा फेरी बृद्धि भएको छ । तीव्ररुपमा फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परीक्षण गर्ने क्रमलाई पनि तीव्रता दिएको अधिकारीले बताएका छन् । त्यसैगरी सार्वजनिकस्थलमा रहेका बेला मास्क नलगाउनेलाई दुई हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यसअघि ५ सय मात्रै रहेको जरिवानालाई एकाएक बृद्धि गरेर २ हजार बनाइएको हो । त्यस बाहेक अन्य पनि धेरै प्रयास भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१