लागूऔषध सहित २ जना नियन्त्रणमा

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७७

नवलपुर, ६ मंसिर । जिल्लाको कावासोतीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन् ।

कावासोतीको भित्री सडकखण्डमा चेकिङमा खटिएका प्रहरीले लु ३४ प ३४९३ नम्बरको मोटरसाइकलमा लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रुपन्देही मर्चवार ६ का २१ वर्षीय सेजाद धुनिया र भारत महाराजगंज थाना नौतुनाका २८ वर्षीय मोहम्मद करिम रहेका छन् ।

उनीहरुको साथबाट नुफिन २०० एम्पुल, फेनारागन २०० एम्पुल र डाइजापाम २०० एम्पुल बरामद गरिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै