दमौली । पर्यटकीयस्थल मानहुँकोटमा अब दैनिक ३ सय जनालाई मात्रै जान अनुमति दिइने भएको छ । मानहुँकोटमै बसेको नगरपालिकाको बैठकले उक्त निर्णय गरेको हो । कोरोनाको महामारीमा दैनिक हजारभन्दा बढी पर्यटक जाने गर्दा कोरोनाको जोखिम रहेको भन्दै दैनिक ३ सयभन्दा बढीलाई जान रोक लगाएको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले आउने पर्यटकको रजिष्ट्रेसन गरेरमात्रै पठाउने निर्णय गरेको छ । नगरप्रमुख न्यौपानेले भने, ‘दिनहुँ हजारौ पर्यटक आइरहँदा अब ठ्याक्कै बन्द गर्ने स्थिति त छैन तर अब ३ सय व्यक्तिलाई मात्र प्रवेश गर्न दिने तयारी गर्दैछौं,’ ।
नगर प्रहरी परिचालन गरेर सोमबार दिउँसोबाटै यो नियम लागू गरिने बताए। उनले भने, ‘माथि जाने एउटै बाटो छ। त्यसैले तलै नगर प्रहरी परिचालन गरी दर्ता गरेरमात्र मानिसहरूलाई माथि पठाउँछौं।’ दैनिक हजारौं मानिसहरूको भिड लाग्दा त्यसबाट जुनसुकै बेला पनि दुर्घटना निम्तिन सक्ने उनी बताउँछन्। रजिष्ट्रेसन शुल्क भने नलिइने उनले बताए ।
त्यस्तै, बैठकले मानहुँकोटको जग्गा पुस मसान्तसम्म खरिद बिक्रीमा समेत रोक लगाएको छ । यसअघि स्थानीयले समेत छोडेको ठाउँमा पर्यटकको चहलपहल भएपछि व्यापारीले जग्गा किन्नेक्रम बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो।
बैठकले तत्काल शौचालय निर्माण गर्ने, खानेपानी र सुरक्षाको व्यवस्थापन गर्ने र गुरुयोजना बनाएर मानहुँकोटको विकास गर्ने निर्णयसमेत गरेको छ । मुख्यगरी खानेपानीको समस्या रहेकोले त्यसका लागि पनि लिफ्टिङ गरेर पानी पुर्याउने तयारी नगरपालिकाको छ । तत्काललाई शौचालय निर्माण, सुरक्षाको व्यवस्था र सरसफाइको काम गरिने भएको छ । ‘तत्काललाई शौचालय निर्माण, सुरक्षा र सरसफाइ व्यवस्थापनको काम गर्छौं । गुरुयोजनाको तयारी गरेका छौं ।
सपछि अरु काम हुन्छ । त्यहाँ कस्ता घर बनाउने भन्ने कुरासमेत भइरहेको छ,’ मेयर न्यौपानेले बताए । अहिले दैनिक १० हजार जनासम्म मानिसहरू मानहुँकोट पुग्ने गरेका छन्।
मानहुँकोट व्यास नगरपालिका ५ मा पर्दछ । यहाँबाट देखिने सूर्यादय र दमौली बजारलाई सेताम्मे कुहिरोले ढाकेको मनमोहक दृश्य घुम्न आउने मानिसहरूको खास आकर्षण बनेको छ। यहीँ दृश्य हेर्न अहिले मानहुँकोटमा आन्तरिक पर्यटकको ठूलो घुइँचो लाग्ने गरेको छ। अत्यधिक मानिसहरू पुग्न थालेपछि साघुँरो रहेको डाँडा उक्लिने बाटोमै ठूलो मात्रा सवारी जाम हुन थालेको छ । अब भने उक्त जाम पनि व्यवस्थित गरिने उनले बताए।’ अब अव्यवस्थित भइरहेको सवारी जामसमेत व्यवस्थापन गरिन्छ । त्यसका लागि थोरै शुल्क लाग्न सक्छ,’ उनले भने।
नगरपालिकाले घुम्न आउन अहिले नै आह्वान नगरे पनि युवापुस्ताका कारण सामाजिक सञ्जालबाटै भाइरल भएर ठूलो संख्यामा मानिसहरू आउन थालेको बताए। उनले थपे, ‘हामीले कोभिड–१९ जोखिमका कारण अहिले नै आउन पनि भनेका हैनौं । तर दसैँका बेलामा सामाजिक सञ्जालमा भाइरल भयो । काठमाडौं, चितवन, पोखरा लगायत सबै ठाउँबाट मानिसहरू आउनुहुन्छ ।’
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१