पोखरा, २२ कात्तिक । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चलको १६औं अधिवेशन तथा २७ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ ।
संस्थाका पूर्व अध्यक्ष एवम् निर्वाचन संयोजक डम्बर केसीले नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यलाई गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण गरेर पदस्थापन गराए ।
संस्थाका पूर्व अध्यक्ष टीकाराम सापकोटाले पर्यटन क्षेत्रमा टानको विशेष योगदान रहेको चर्चा गर्दै नयाँ नेतृत्वले कोरोना कहरबीच पदयात्रा पर्यटनलाई चलायमान बनाउन नवितम् सोचका साथ अघि बढ्नुपर्ने जिम्मेवारी थपिएको बताए ।
नि. अध्यक्ष हरि भुजेलले आफ्नो कार्यकाल सफल गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै पदयात्रा पर्यटनको विकास र प्रवद्र्धनमा नयाँ ऊर्जाका साथ लाग्न आग्रह गर्दैै नयाँ नेतृत्वलाई शुभकामना दिए ।
नवनिर्वाचित अध्यक्ष सुशीलराज पौडेलले विषम् परिस्थिति प्राप्त जिम्मेवारी एक चुनौती रहेको उल्लेख गर्दै आफ्नो नेतृत्वले टानको गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । उनले १ सय ५९ ट्रेकिङसम्बद्ध कम्पनी रहेको जनाउँदै व्यवसायबाट पलायन हुनबाट जोगाउने दायित्वसमेत टानको रहेको उल्लेख गरे ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा धर्मराज पन्थी, द्वितीय उपाध्यक्ष कृष्ण आचार्य विजयी भएका हुन् । सचिवमा मिलन तिवारी, कोषाध्यक्षमा किसमकुमारी गुरुङ र सहसचिवमा रेशम अधिकारी तथा सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोइराला र विकास गुरुङ निर्वाचित भए ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१