बुटवल । राजसंस्था पुनःस्र्थापना माग गर्दै सोमबार बुटवलमा राजा समर्थक युवाले मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् । देश र श्रीपेचको रक्षाको लागि भन्दै वीरगोर्खाली अभियानले बुटवल सहित तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा मोटरसाइकल र्याली प्रदर्शन गरेको हो ।
तिलोत्तमा नगरपालिकाको मणिग्रामबाट सुरु र्यालीमा प्रदर्शनकारीले राष्ट्रिय झण्डा सहित पूर्व राजारानी (ज्ञानेन्द्र र कोमल शाह) को तस्वीर अंकित टिसर्ट लगाएका थिए । र्याली राजमार्ग हुँदै ट्राफिकचोक पुगेर सकिएको थियो । र्यालीमा सहभागीले ‘राजा आउ, देश बचाउ’ लगायतका नारा लगाएका थिए ।
र्यालीमा २ हजार मोटरसाइकल सहभागी भएको आयोजक समितिका सल्लाहकार शक्ति सापकोटाले दाबी गरे । राजसंस्थाको अन्त्यपछि रुपन्देही जिल्लामा भएको राजावादीहरुको प्रदर्शन अहिलेसम्मकै ठूलो रहेको प्रत्यक्षदर्शीले विश्लेषण गरेका छन् । र्यालीपछि ट्राफिकचोकमा आयोजना गरिएको कोणसभामा कार्यक्रम संयोजक वसन्तविक्रम पाण्डे, रुपन्देही संयोजक प्रवीण थापा, डिल्लीराज खनाल लगायतले राष्ट्रिय एकता र स्थीरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना आवश्यक रहेको बताए ।
राजसंस्था पुनःस्थापनाको लागि देशव्यापी रुपमा अभियान सञ्चालन गर्ने बताउँदै उनीहरुले दलको नेतृत्व असफल भएकोले राष्ट्रियताको रक्षा र भ्रष्टाचार निवारणका लागि पनि राजसंस्था पुनस्र्थापना अनिवार्य रहेको बताएका थिए ।
कार्यक्रममा शिवसेना नेपाल नामक राजवादी संस्थाको समेत सहभागिता रहेको थियो । प्रदर्शनमा विगतमा
ग्रेस तथा कम्युनिष्टमा लागेका युवाको पनि सहभागिता देखिन्थ्यो । र्यालीमा सहभागीहरुले राजनितिक दलहरुको क्रियाकलापका कारण जनताले राजा नै ठिक भएको भन्ने अवस्थामा पुगेको बताए ।
पूर्वराजा ज्ञानेन्द्र गत वर्ष पनि एक हप्ता रुपन्देहीमा बसेर आसपासका शक्तिपीठहरुमा घुमेका थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१