पोखरा, कात्तिक ११: विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष कास्कीमा कैदीबन्दीले टीका लगाएनन् । विगतमा विजयादशमीका दिन नजिकका आफन्तले गएर टीका लगाइदिने प्रचलन रहे पनि यस वर्ष कारागारमा कैदी जीवनयापन गर्दै आएका बन्दीहरूले टीका नलगाएको कास्की कारागारका प्रमुख केशव लामिछानेले जानकारी दिए ।
“विगतका वर्षमा कैदीबन्दीका आफन्तले कारागारमा आएर टीका तथा जमरा लगाइदिन्थे”, उनले भने, “यस वर्ष कोरोना महामारी फैलिने जोखिमीलाई दृष्टिगत गर्दै सबैको सल्लाहमा टीका र जमरा लगाउने कार्यक्रम नगरिएको हो ।” कोरोनाको सम्भाव्य जोखिमलाई दृष्टिगत गरी कैदीबन्दीका आफन्तले ल्याएका नपकाइएका सामान २४ घण्टासम्म राखेर मात्रै दिने गरिएको उनले बताए ।
कोरोना महामारीका कारण गत चैत ११ गते अगावैदेखि भेटघाटका कार्यक्रमलाई विगतका तुलनामा नियन्त्रण गरिएको कारागार प्रशासनले जनाएको छ । गौतमका अनुसार कास्की कारागारमा हाल ९०९ जना विभिन्न मुद्दाका कैदीबन्दीले कैद भुक्तान गरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१