जाजरकोट, ५ कात्तिक । ‘दिनमा घामले पोल्छ, रातमा चिसोले सताउँछ त्रिपालभित्रको सहारामा खाने अन्न छैन, वर्षौँदेखि बस्दै आएका घर पहिराले बगाएर क्षतबिच्छेद बनाएर लग्यो, रात बिताउने विकल्प केही नभएपछि यही त्रिपालमुनि गुजरा चलाइरहेका छौँ’, बारेकोट गाउँपालिका–४ गोठगाउँ तलगाउँकी गोरी नेपालीले पीडा सुनाए ।
गत असार २५ गते मध्यरातमा आएको पहिराले घर बगाएपछि उनको छ जनाको परिवार विस्थापित भएर नजिकैको जङ्गलमा त्रिपाल टाँगेर बसेको छ । गाउँपालिका र अन्य सङ्घसंस्थाले राहतस्वरुप दिएको केही खाद्यान्नले केही समय जेनतेन चल्यो । भएको पाखोबारी सबै पहिराले लग्यो । ‘घरमा कमाइ गर्ने कोइ नाइ, अब के खाएर बाँच्ने हो, पेटभरि खान पाएका छैनौँ, हामी त साह्रै समस्यामा पर्यौँ हजुर’, गोरीले भने, ‘पहिले घर भएको ठाउँ फर्कन सक्ने अवस्था छैन, कहिलेसम्म यसरी त्रिपालमै बस्नुपर्ने हो कुनै टुङ्गो छैन ।’
उनीजस्तै १४ दलित परिवार अहिले पनि विस्थापित जीवन बिताइरहेका छन् । पहिराले केही घर बगाएको र बस्नै नमिल्ने गरी चर्किएपछि उनीहरु त्रिपालको सहारा लिएर बसिरहेका छन् । केही समय विद्यालयमा बसेका उनीहरु अहिले जङ्गलमा बसेका छन् । विद्यालयमा पढाई शूरु हुन थालेपछि जंगलमा त्रिपाल टाँगेर बस्न थालेका हुन् ।
‘त्यही त्रिपालमै जमारा राखेका छाँै’, विस्थापित नैनबहादुर नेपालीले भने, ‘मिठोमसिनो खाने, नयाँ लुगा लगाउने र घरमै बसेर टीकाटालो गरेर दशैँ मनाउने त सपना भइसक्यो, त्रिपालमै भए पनि पेटभरि खान पाए हाम्रो लागि त्यही दशैँ हुने थियो ।’ बारेकोटमा गएको पहिरामा परी १४ जनाको ज्यान गएको थियो भने एक हजार ५६ परिवार विस्थापित भएका थिए । वर्षात् रोकिएपछि अन्य परिवार घर फर्किए पनि तलगाउँका १४ दलित परिवार घर फर्कन सकेका छैनन् ।
‘हाम्रो बस्ने ठाउँ पहिराले सबै बगाएर लग्यो, हामीलाई पुर्नवासको व्यवस्था गरिदिनुपर्यो’, विस्थापित गोपाल कामीले भने, ‘हाम्रो समस्या भनेकै गाँस र बासको हो ।’ चिसोले ज्येष्ठ नागरिक र बालबालिकालाई सताउन थालेको छ । घाट र काउलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल भए पनि पैसा नहुँदा चामल ल्याउन नसकेको पीडितको भनाइ छ । विस्थापित परिवारलाई पुनःस्थापनाका लागि गाउँपालिकासँग स्रोत साधनको अभाव भएकाले प्रदेश र सङ्घीय सरकारलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१