पोखरा । पोखरामा पहिलो पटक निजी ल्यावले पीसीआर परीक्षण थालेको छ । न्यूरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रालिले परीक्षण सुरु गरेको हो । नेपाल सरकारबाट स्वीकृति लिइ गण्डकी प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट कोभिडको परीक्षण थालिएको ल्यावले जनाएको छ । कोभिड परीक्षणका लागि मात्रै १ करोड रुपैयाँ भन्दा बढी लगानी गरेर ल्याव स्थापना गरिएको सञ्चालक डा. अमर नागिलाले जानकारी दिए । यसले स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त गरेको छ ।
कोरोना परीक्षणका लागि अमेरिकी ब्राण्डको उच्च प्रविधिको ९६ वेलप्लेट आरटिपिसिआर मेसिन ल्याबमा राखिएको छ । यसबाट एकैपटक ९६ वटा टेष्ट गर्न सकिने नागिलाले बताए । पिसिआर परीक्षणका लागि १५ जना दक्ष जनशक्तिको व्यवस्था गरिएको छ । ‘टेष्ट प्रमाणित गर्नका लागि पिएचडी होल्डर माइक्रोबायोलोजिष्ट लगायत दक्ष कर्मचारी छन्,’ उनले भने, ‘अब परीक्षणका लागि सरकारी अस्पतालमा लामो समय लाइन लाग्नुपर्दैन ।’
२४ घण्टा भित्र रिपोर्ट निकालिने प्रवन्ध निर्देशक शुक्रराज कँडेलले जानकारी दिए । उनका अनुसार अत्यावश्यक अवस्थामा ३ घण्टाभित्रै रिपोर्ट उपलब्ध हुनेछ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१