डा. केसीको समर्थनमा दमौलीमा अनसन

सविन लामिछाने
असाेज ९, २०७७
Damauli

डा. गोविन्द केसीको समर्थनमा दमौलीका दुई युवा अनसन बसेका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै १९ औं पटकको अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालबाट सेवा निवृत्त चिकित्सक डा. केसीको समर्थनमा दमौलीका दुई युवा १९ घण्टे अनशन बसेका हुन् ।

दमौलीका स्थानीय युवा सागर घिमिरे र विनोद हमालले केसीको समर्थनमा व्यास ३ स्थित ट्राफिक चोकमा बिहान ११ बजेदेखि अनसन सुरु गरेका हुन् ।

उनीहरुले शनिबार बिहान ६ बजेसम्म अनसन बस्ने जनाएका छन् । अनसन बसेका घिमिरेका अनुसार डा. केसी पटकपटक अनशन बसे पनि माग पुरा नभएको र जीवन नै खतरामा पर्दा पनि सरकार गम्भीर नभएको भन्दै उनको माग पूरा गराउन दबाब दिनका लागि आफूहरू अनसन बसेको बताए ।

चिकित्सा शिक्षा सुधारका अभियन्ताका रूपमा प्रख्यान डा. केसीले गएको सोमबार अर्थात् भदौ २९ गतेदेखि जुम्लामा १९ औँ अनसन सुरु गरेका हुन् । पछि उनलाइ काठमाडौँ लगिएको छ ।

डा. केसीले नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र वर्तमान सरकारको लुटतन्त्र, तानाशाहीतन्त्रविरुद्ध १९ औँ सत्याग्रह सुरु गरेको बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, कैलालीको गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण कार्यलाई तत्काल अघि बढाउन उनले माग गरेका छन् ।

यसअगाडिका सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफु पुनः अनशन बस्न बाध्य भएको डा. केसीको भनाइ छ । डा. केसीले १६ औँ सत्याग्रह पनि जुम्लामा सुरू गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै