इङ्लिस प्रिमियर लिगमा घरेलु मैदानबाटै म्यानचेस्टर युनाइटेडको खराव यात्रा

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७७
Criystle Palace, English Primiere League

तस्बीर साभार : अनिन्यूज डट इन

पोखरा । म्यानचेस्टर युनाइटेडले खराब प्रदर्शनबाट इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन यात्रा सुरुवात गरेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको सिजनको आफ्नो पहिलो खेलमै म्यानचेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग ३–१ ले पराजित बन्न पुगेको छ ।

लगातार दोस्रो जित निकाल्ने क्रममा क्रिष्टल प्यालेसले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल गरी १ गोल खाएको छ । सातौँ मिनेटमा एन्ड्रोस टाउनसेन्डले गोल गरी क्रिष्टल प्यालेसलाई सुरुवाति अग्रता दिलाए ।

त्यस्तै, ७४ औँ मिनेटमा पाएको पेनाल्टीमा विल्फ्रेड जोहाले गोल गरेपछि क्रिष्टल प्यालेसको अग्रता दोब्बर बन्यो । युनाइटेडका लागि ८० औँ मिनेटमा डोनी भान डी बीकले १ गोल फर्काए ।

खेलको ८५ औँ मिनेटमा जोहाले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रिष्टल प्यालेस ३–१ ले विजयी भयो । लगातार २ खेलमा जित निकालेको प्यालेसले ६ अंक जोडेको छ ।

आर्सनलको लगातार दोस्रो जित

आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी यात्रालाई जारी राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको सिजनको दोस्रो खेलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडमाथि २–१ को दर्ता गरेको हो ।

तस्बीर साभार : मेट्रो डट को डट युके

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि २५ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटी तथा ८५ औँ मिनेटमा एडी एनखेटियाले गोल गरे । वेष्ट ह्यामका लागि ४५ औँ मिनेटमा मिकेल एन्टोनियोले १ गोल फर्काए । लगातार दोस्रो जितपछि ६ अंकसहित मिकेल आर्तेताको आर्सनल दोस्रो स्थानमा छ ।

लिग अन्तर्गत शनिबार राति नै भएको खेलमा लीड्स युनाइटेडले फुलह्यामलाई ४–३ ले पराजित गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width