पोखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किङ्सले विजय सुरुआत गरेको छ ।
डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई चेन्नाईले ५ विकेटले पराजित गरेको हो । युएईको अबुधाबीमा शनिबार भएको उदघाटन खेलमा मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नाईले १९ दशमलब २ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो ।
चेन्नाईका लागि अम्बाती रायाडुले ७१ र फाप डु प्लेसिसले अविजित रहँदै ५५ रन जोडे । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो ।
मुम्बईका लागि सौरव तिवारीले सर्वाधिक ४२ रन बनाउँदा क्वीन्टन डी–कक ३२ रनमा पेभेलियन फर्किएका थिए ।
केरोन पोलार्ड १८ तथा सूर्यकुमार यादव १७ रनमा आउट बने । कप्तान रोहित शर्मा १२ रन बनाउँदा पहिलो विकेटको रुपमा आउट बनेका थिए ।
चेन्नाईका लागि लुंगि एनगिडीले ३ विकेट लिँदा दीपक चहार र रविन्द्र जडेजाले २÷२ विकेट लिए ।
मुम्बई इन्डियन्सले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई सुपरकिंग्सका अम्बाती रायडुले उत्कृष्ट ब्याटिङ गरेका थिए । रायडु ४८ बलमा ७१ रन बनाएर आउट भएपछि भने चेन्नई केही दबाबमा परेको थियो । रायडु आउट हुँदा चेन्नईले तेस्रो विकेटका लागि गरेको ११५ रनको साझेदारी तोडिएको थियो । त्यसपछि, चेन्नईलाई खेल जित्न २४ बलमा ४२ रनको आवश्यक थियो ।
चेन्नईका लागि कठिन अवस्थामा कप्तान महेन्द्रसिंह धोनीले मैदानमा रहेका फाप डु प्लेसिसलाई साथ दिन रविन्द्र जडेजालाई ब्याटिङमा पठाए ।
धोनीले बायाँ हाते ब्याट्सम्यान (जडेजा) र दायाँ हाते ब्याट्सम्यान (डु प्लेसिस) को संयोजन गर्न चाहेका थिए । क्रिजमा दायाँ र बायाँ हाते ब्याटसम्यानको संयोजन गरेर विपक्षी बलरलाई बलिङ गर्न अप्ठेरो पार्ने धोनीको रणनीति थियो ।
धोनीको यो रणनीतिपछि १७ औं ओभरमा मुम्बईका जेम्स प्याटिनसनले बलिङ गरेका थिए । यो ओभरमा जडेजा सफल भए । उनले ओभरमा ४ बल खेल्दा २ चौकासहित १० रन लिन सफल भए । प्लेसिसले थप ३ रन लिएपछि चेन्नईले १७ औं ओभरमा १३ रन जोडेको थियो ।
१८ औं ओभरमा पहिलो बलमै चेन्नईलाई अर्को झड्का लाग्यो । जडेजा मुम्बईका क्रुनाल पाण्ड्याको बलमा आउट बने ।
फेरि पनि धोनीले अर्को रणनीति लिँदै आईपीएलमा डेब्यू खेलाडी साम कुरानलाई ब्याटिङमा पठाए । पहिलो बलमा विकेट गुमाएपनि चेन्नईले बाँकी ५ बलमा १३ रन जोड्यो । जसमा कुरानले १ चौका र १ छक्कासहित १२ रन जोडे ।
महत्वपूर्ण मानिएको १९ औं ओभरमा मुम्बईका मुख्य बलर जसप्रित बुमराहले बलिङ गरेका थिए । पहिलो बलमा बुमराहलाई कुरानले छक्का प्रहार गरेका थिए । तर, दोस्रो बलमा कुरान आउट भएपछि धोनी ब्याटिङमा आएका थिए ।
धोनी ब्याटिङमा आएपछि प्लेसिले एक चौकासहित ५ रन जोडे । चेन्नईले १९ औं ओभरमा ११ रन जोड्यो । अन्तिम ओभरको सुरुवाती २ बलमा प्लेसिसले मुम्बईका बलर ट्रेन्ट बोल्टलाई लगातार चौका प्रहार गरेपछि चेन्नईले ४ बल बाँकी छँदा ५ विकेटले खेल जित्यो । प्लेसिस ५८ बलमा अविजित रहँदा धोनीले २ बल खेल्दा कुनै रन जोडेनन् ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१