काठमाडौँ, ३१ भदौ । औषधि व्यवस्था विभागले दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएको जनाएको छ । चीन, भारत, काठमाडौँ र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेको पाइएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार चिनियाँ कम्पनी ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० एमएलको स्यानिटाइजरमा ६० प्रतिशत इथानोल रहेको भेटिएको हो । उक्त स्यानिटाइजर गोन्जाउ ओबोपेकल फाइन केमिकल कम्पनी चीनले उत्पादन गरेको हो । यसैगरी भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ६० एमएलको ह्यान्ड स्यानिटाइजरमा ६६ प्रतिशत इथानोल रहेको भेटिएको छ ।
ललितपुरमा रहेको सम्पदा हेल्थकेयरले उत्पादन गरेको सासा इस्ट्यान्टको ५० एमएलको ह्यान्ड स्यानिटाइजरमा ३९.३४ प्रतिशत मिथानोल र १३.३८ प्रतिशत इथानोल रहेको पाइएको छ । श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्रीले काठमाडौँले उत्पादन गरेको ६५ एमएलको स्यानिटाइजरमा मिथानोल ५५ प्रतिशतसम्म भेटिएको हो ।
बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्डविपरीत विषाक्त रसायन समावेश रहेको पाइएको विभागले जनाएको छ । चार कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ । यसअघि विभागले काठमाडौँ र चितवनमा सञ्चालित पाँच स्यानिटाइजर कम्पनीको उत्पादन बन्द गर्न निर्देशन दिएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१