पोखरा । पोखरामा पनि कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सेवा सुरु हुने भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार देशका अन्य भागमा जस्तै कोरोना संक्रमितहरुको प्लाज्मा थेरापी विधिबाट यहाँ पनि उपचार सुरु हुने भएको हो ।
प्रतिष्ठानका निर्देशक सह प्राडा अर्जुन आचार्यले बिहीबार सूचना जारी गर्दै विश्वव्यापी परीक्षणको रुपमा रहेको प्लाज्मा थेरापी प्रविधि प्रतिष्ठानमा समेत सुरु हुन् लागेको जानकारी दिँदै रक्तदान गर्न अनुरोध गरेका छन् ।
कोभिड–१९ बाट निसङ्क्रमित भएकाहरुले आफ्नो रिर्पोट नेगेटिभ आएको २ हप्तामा रक्तदान गर्न सक्ने बताउँदै उनले सो कार्यमा सहयोग गर्न आग्रह गरे ।
प्लाज्मा रगतको अंश हो । रगतमा रहेका सेता, राता रक्तकोष, प्लेटलेस छुट्ट्याएर बाँकी रहेको चिप्लो तरल पदार्थमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । त्यसको प्रयोगबाट गरिने उपचार विधि प्लाज्मा थेरापी हो ।
१८ देखि ६० वर्ष उमेर समूहका र ५० किलोभन्दा बढी तौल समूहका व्यक्ति प्रत्येक ३ –३ महिनामा रक्तदान गर्न सक्ने र कोरोना संक्रमितको नेगेटिभ नतिजा आएको १४ दिनपछि मात्रै प्लाज्मा निकाल्न मिल्छ । यो अवधिलाई कन्भलसेन्ट भनिन्छ । त्यति बेला नयाँ खालको भाइरस चिनेको एन्टीबडी तयार भएको हुन्छ । यो समय जति बढ्दै गयो एन्टीबडी उति निष्क्रिय हँुदै जान्छ । रक्तदान गर्न उपयुक्त व्यक्तिले नै प्लाज्मा दान गर्ने हो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१