१. सबैतिरको साथ र सहयोग रहँदा रहँदै पनि आफ्नो उमेर र स्वास्थ्यले साथ नदिएपछि महत्वपूर्ण पद पनि त्यागेर बसेका उदाहरण अरु देशका धेरै देख्न पाइन्छ । हालै जापानका प्रधानमन्त्रीले आफ्नो एक वर्ष पदावधि बाँकी रहँदा पनि स्वास्थ्यकै कारण देखाएर राजिनामा दिए । तर हाम्रो देशमा त्यस्तो उदाहरण बन्न सकने । आईसियू मै रहनु परे पनि कुर्ची छाड्न नसक्ने नेताहरुको प्रवृत्तिले देश कहिल्यै उँभो लाग्न पाएन ।
२. बूढो गोरुले भकारो ओगटेजस्तो गरी बूढा नेताहरु कुर्चीमा झुण्डीरहँदा युवाहरु नेतृत्वको अवसरबाट वञ्चित हुनु परेको गुनासो अहिले सुनिन थालेको छ । युवाहरु नै नेतृत्वको लागि तयार नभएको भन्ने कुरा पनि उठेका छन् । अवसर नदिइएको हो वा युवा नै अग्रसर नभएका हुन् भन्ने वारे चर्चा परिचर्चा पनि भईरहेको पाईन्छ । तर युवाहरुलाई अगाडि बढाउनेबारे पहल भएको देखिदैन ।
३. सरकारी जागिरमा ६० वर्ष र न्यायधीशका लागि ६५ वर्ष सम्मको उमेर सकृय मानिन्छ । त्यसपछि उ सामन्यताय अशक्त र दिमागी रुपमा पनि कमजोर हुने आधार मानेर नै अवकाश दिने गरिएको हो । तर नेताहरु ६५ वर्ष काट्दा पनि हालीमुहाली गरिरहेका पाइन्छन् । ७० काट्दा पनि उनीहरुले कुर्चीको लागि मरिहत्ते गरिरहेको देखिन्छ । अरुलाई काम गर्न उमेर हद तोकी नियम कानून बनाउनेले आफ्नो भने हद नतोक्नु पक्षपात हो ।
४. राजनीतिक नेतृत्व होस् वा शासकीय नेतृत्व होस् त्यसको लागि व्यक्तिको उमेर हद ७० वर्ष भन्दा बढी राख्न नहुने आवाज धेरै वर्षदेखि उठेको हो । आफु पदमा नरहदा आवाज उठाउनेहरु पनि पदमा पुगेपछि त्यो कुरा चटक्कै विर्सन्छन् र कुर्चीका लागि मरिहत्ते गर्छन, त्यही हो कुर्ची मोह । मलाई नेतृत्वमा पुर्याउने मेरा पछाडी पनि छन् । तिनले पनि पालो पाउनुपर्छ भन्ने विवेक बूढा नेताहरुले राखेको देखिएन । युवा नेतृत्व नहुँदा देश पिछडिरहेको छ ।
५. युवाहरु नेतृत्वमा पुग्न नसक्नुका कारण निरन्तर क्रियाशिल नहुनु र एकजुट हुन पनि नसक्नु हो । विभिन्न गुट उपगुटमा विभाजित युवाहरु बुढा नेताको भर्याङ मात्र बन्ने गरेका छन् । तिनै बुढाहरुलाई जिताउन ज्यान दिएर लागेका छन्, मरिरहेका छन् । नेतृत्वको लागि युवाहरु एकजुट भएर लाग्न सक्नुपर्छ, सफल नहुने कुरै आउँदैन । नेतृत्व सम्हाल्ने आँछ गर्नुपर्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१