लेउवा संघको कर शिक्षा

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७७
Lekhnath chamber of commerce

लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा बुधवर ब्यवसायीहरुका लागि कर शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना भाइरस कारण ब्यवसायको क्षेत्रमा परेको असर मध्यनजर राख्दै नेपाल सरकारले ल्याएको कर छुटका सम्बन्धमा जानकारी दिने उद्देश्यले आन्तरिक राजश्व कार्यालय पोखराको समन्वयमा सो कार्यक्रम भएको हो । कार्यक्रममा करको दायरा र विभिन्न क्षेत्रमा दिएको कर छुटका सम्बन्धमा जानकारी दिइयो ।

आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोख्रलले ब्यवस्थित तरिकाले लेखा प्रणाली राख्न नजान्दा अञ्जानमा भोग्नु परेका समस्याबारे जानकारी गराउँदै अहिलेको विषम परिस्थितिलाई ध्यानमा राखी नेपाल सरकारले ल्याएको कर छुटको उपयोग गरि असल ब्यवसायी बन्नुपर्ने सुझाव दिए ।

कार्यालयका कर अधिकृत कर्णसिंह लामाले व्यवसायको क्षेत्रमा कोरना भाइरस कारण परेको असरलाई मध्यनजर राखेर सरकारबाट विभिन्न शीर्षकमा २० देखि ७५ प्रतिशतसम्मको कर छुट ब्यवस्था गरेको जानकारी गराए ।

तालिम व्यवस्थापन उपसमिति संयोजक विक्रम कर्माचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा राजश्व परामर्श उपसमिति संयोजक रमानाथ पौडेलले कार्यक्रमको उद्देश्य र उपयोगीताबारे जानकारी गराइएको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुमन भट्टराईले उद्योगी व्यवसायीहरुले कर सहयोगीकसँग मात्र निर्भर नभर्ई स्वयम् व्यवसायीले लेखामा ध्यान दिनुपर्ने जोड दिए । उनले थोक व्यवसायीले पानमा दर्ता भएका फर्महरुलाई मात्र सामान बिक्री गरेमा स्वतः साना व्यवसायी दर्ता प्रकृयामा जाने कुरा पनि औल्याए ।

कार्यक्रमको संचालन संघका महासचिव गोपिचन्द्र बास्तोलाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width