बुबाको स्मृतिमा अक्षयकोष

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७७
bhimapni

लेखनाथ । पोखरा २६, नरेशपुरका विष्णुप्रसाद बरालको परिवारले आफ्ना बुबा तारानाथ बरालको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।

पोखरा २६ स्थित अमरज्योति गाउँफर्क स्कूलमा स्वर्गीय बुबा र आमाको नाममा परिवारजनले १ लाख १३ हजार १ सय ११ रुपैयाँ बराबरको तारा–भगवती अक्षयकोष स्थापना गरेका हुन् ।

गरिब तथा जेहेन्दार विद्यार्थीको सिकाइ विकासमा सहयोग पुग्ने गरी बुुबाको सोह्श्राद्ध तिथि अवसर पारेर मंगलवार विद्यालय व्यवस्थापन समिति अध्यक्ष बामदेव ढुंगाना र प्रधानाध्यापक दामोदर सापकोटालाई सो रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

कार्यक्रममा बरालले रकम सानो भए पनि बुबाको सम्झनामा विद्यालयका विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width