दुई हप्तादेखि भुजेल वेपत्ता

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७७
Chiranjibi Bhujel

पोखरा, २० भदौ । मादी गाउँपालिका वडा नं. १२ ठुलीखोरियाका चिरञ्जीवी भुजेल दुई हप्ता अघि देखि वेपत्ता छन् ।

यही भाद्र ७ गते ऋषिपञ्चमीका दिन विहान घरबाट केही नभनी निस्केका उनी साँझ नफर्केपछि परिवारले खोजी गर्न थालेकोमा अहिलेसम्म उनको पत्तो लागेको छैन ।

४३ वर्षीय भुजेल अन्दाजी ५ फिट उचाई र गहुँगोरो वर्णका रहेका छन् ।

१४ वर्षका छोरा र ११ वर्षीय छोरीका पिता रहेका चिरञ्जीवी भुजेलको घर छाड्नु पर्ने कारण केही नभएको परिवारले जनाएको छ ।

उनको खोजीको लागि प्रहरी चौकी तालवेसीमा पनि निवेदन दिइएको, परिवारबाट पनि खोजी भईरहेको जनाउँदै कोही कसैले देख्नु भएमा फोन ९८०५८६४५८२ र ९८४६३२०६१० मा खबर गरिदिन भतिजा कुशल भुजेलले अनुरोध गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै