पोखरा । अहिले पोखरा महानगरपालिकामा घाट ठेक्कामा भएको अनियमितताका विषय महानगरकै लेखा प्रमुख जयराम पौडेलले बाहिर ल्याए । राजस्व शाखाले ताकेता नगर्दा ३ करोड ५ लाख रुपैयाँ बैंक ग्यारेन्टी गुम्न सक्ने खतरा उनले देखाइदिए । त्यसकै आधारमा विभिन्न सञ्चारमाध्यमहरुमा समाचार पनि प्रकाशन प्रसारण भयो । आर्थिक वर्षको अन्त्यमा राजी कन्स्ट्रक्सनले बैंक ग्यारेन्टी जम्मा गर्यो । ‘मैले बेलैमा यो विषयमा चासो नदिएको भए ३ करोड ५ लाख आउनेवाला थिएन । त्यत्रो राजस्वको सुरक्षा गर्ने मलाई कारबाही गर्ने कि, राजस्व गुम्ने खतरामा पुर्याउनेलाई कारबाही गर्ने ?,’ पौडेलले भने, ‘पुरस्कृत गर्नुपर्नेलाई कारबाही गर्ने भनेर प्रचार गरिएको छ । यसले भ्रष्टाचारीलाई प्रश्रय मिल्छ । पोखरा महानगरपालिका भ्रष्टाचारको चंगुलमा फसेको प्रमाणित हुन्छ ।’
मेयर मानबहादुर जिसीले भदौ १५ गते राजस्व जोखिममा पार्ने कर्मचारीलाई कारबाही गर्न प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाएका छन् । तर उनले पठाएको पत्रमा कुन कर्मचारीलाई कारबाही गर्ने भन्ने कुनै एकीन छैन । यद्यपि राजस्व र लेखाका प्रमुख कर्मचारीलाई कारबाही गर्ने मनसाय देखिन्छ । राजस्वको तत्कालीन प्रमुख छवि भनिएपनि कागजी रुपमा गणेश पाण्डे प्रमुख छन् । पाण्डेले आफ्नो पदअनुसार काम गर्न नपाएको भन्दै आफ्नो कुनै दोष नरहेको दाबी गरेका छन् । ‘मैले राजस्व शाखा प्रमुखको पत्र पाएपनि अधिकार दिइएन । उल्टै प्रशासन महाशाखाले मलाई दिएको पत्रमा झुक्किएर शाखा प्रमुख लेखिएको र बैंक रिकन्सिलेसन मिलानको जिम्माको काम गर्न अह्रायो,’ उनले भने, ‘प्रमुखको पत्र मसँग छ । तर प्रमुखको जिम्मेवारीका सबै काम छविजीले नै गर्नुभयो ।’ २०७६ असोज २९ गते रामघाट ठेक्काको मूल्याङ्कन समितिको बैठकमा राजस्व शाखाबाट तत्कालीन शाखा प्रमुख शर्मा उपस्थित थिए । मूल्याङ्कन समितिको निर्णय बमोजिम बोलपत्र स्विकृतको लागि राजस्व शाखातर्फबाट उनले पेस गरेको टिप्पणी असोज २९ गते नै निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले स्वीकृत गरेका छन् ।
कात्तिक २० गते निमित्त प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुखलाई टिप्पणी पेस गरेका र सोही मितिमा नगर प्रमुख मानबहादुर जिसीले त्यसलाई स्वीकृत गरेका छन् । त्यही निर्णयले कात्तिक २५ मा राजी कन्स्ट्रक्सनसँग सम्झौता भयो, तर गैरकानूनी रुपले । कुनै पनि ठेक्का सम्झौता गर्दा बैंक ग्यारेन्टी अनिवार्य हुन्छ । यो ठेक्कामा बैंक ग्यारेन्टी बुझाउने म्याद २ साता राखेर निर्णय भएको छ । त्यो कार्यादेश तयार गर्ने पनि उनै शर्मा हुन् । तोकिएको समयसम्म बैंक ग्यारेन्टी जम्मा भए नभएको हेर्ने र ताकेता गर्ने जिम्मेवारी उनकै हो । उनले कुनै चासो दिएनन् । अन्ततः महानगरको ठूलो रकम उच्च जोखिममा पर्यो । घटना बाहिरिएपछि रातारात ठेकेदारले बैंक ग्यारेन्टी जम्मा गरे ।
यही विषयमा छानविन गर्न २०७७ जेठ २९ गते महानगरका प्रवक्ता धनबहादुर नेपालीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भयो । समितिले असार २६ गते प्रतिवेदन बुझायो । प्रतिवेदनमा राजस्व संकलनको काम राजस्व शाखाले गर्ने भएकोले यो त्रुटि हुनुमा प्रमुख जिम्मेवार पनि राजस्व शाखाका तत्कालीन प्रमुखले नै लिनुपर्ने उल्लेख छ । यस्तै, सम्झौतामा हस्ताक्षर गर्ने र साक्षी बस्ने दुवै पक्षले सम्झौता रकम आए नआएको हेर्नुपर्नेमा त्यसको निगरानी नगरेर गम्भीर लापरबाही भएको निष्कर्ष समितिको छ । सोही प्रतिवेदन र सम्बन्धित शाखाका कर्मचारीलाई सोधिएको स्पष्टीकरणका आधारमा कारबाही गर्न मेयरले प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाएका हुन् । ‘कर्मचारीले पठाएको विवरणका आधारमा कानूनी कारबाही गर्न र सोको जानकारी गराउनुहुन निर्देश गर्दछु,’ मेयरले पठाएको पत्रमा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत महेश बरालले फाइल अध्ययन गरिरहेकोले कसलाई कारबाही गर्ने भन्ने निक्र्यौल नभएको बताए । ‘मैले एक हिसाबको छलफल गरेको छु । सबैलाई सँगै राखेर विषयबस्तु सोधेको छु,’ उनले भने, ‘मैले सामान्य मानसिकता तयार गरेको छु । तर अझै निर्णयमा पुगेको अवस्था छैन ।’ विभागिय कारबाहीअन्तर्गत तत्कालीन राजस्व शाखा प्रमुख छविलाल शर्मालाई उनले लेखा शाखामा खटाएका छन् । योसँगै दुई ग्रेड रोक्का गर्ने गरी विभागीय कारबाही गर्न स्पष्टीकरण मागिएको स्रोतले बतायो । शर्माले स्पष्टीकरण पनि दिएका छन् । त्यसउपर निर्णय भैसकेको छैन । ‘स्थानीय स्वायत्त शासन ऐन खारेज भैसकेकोले कारबाही गर्ने कानून छैन । यद्यपि वकिलसँग राय मागेका छौं । गल्ती पहिचान गरेर कारबाही गर्ने भनिएको छ,’ उनले भने, ‘हामीसँग स्पष्ट व्यवस्था नभएकोले कारबाहीको अन्य विकल्पको खोजी गरिएको हो ।’
मेयरको पत्र र सञ्चारमाध्यममा आएका समाचारले महानगरभित्र कर्मचारीलाई कारबाही गर्ने विषयले तरंग पैदा भएको छ । दुवै पक्षले आफ्नो कमजोरी नभएको दाबी पेस गरेका छन् । केही कर्मचारीले ठेक्का सम्झौता प्रक्रियामा हस्ताक्षर गर्ने र साक्षी सबैलाई कारबाही हुनुपर्ने आवाज पनि उठाएका छन् । ‘यदि कारबाही नै हुने हो भने ठेक्का सम्झौतामा सामेल सबैलाई कारबाही हुनुपर्छ । कर्मचारीमात्रै किन ? राजस्व उठे–नउठेको हेर्ने दायित्व मेयरको पनि हो नि,’ ती कर्मचारीले भने, ‘आफ्नो अधिकार नै नभएको ठाउँमा स्वीकृत गर्नु राम्रो होइन । पत्रपत्रिकामा समाचार आएपछि मात्रै वहाँ तात्नुभएको हो । त्यो भन्दा पहिले किन यसबारे पहल भएन ?’
सर्वोच्चको आदेशले राजस्व अन्योल
घाट ठेक्का लिएका ठेकेदारहरुले लकडाउनपछि सामग्री उत्खनन् गर्न नपाएको र नोक्सानी भएको भन्दै सर्वोच्च अदालतमा पुगे । उनीहरुको माग थियो, बैंक ग्यारेन्टी जफत गर्न नपाउने । महानगरले सम्झौता रकम समयमा नबुझाएपछि बैंक ग्यारेन्टी जफत गरिदिन बैंकहरुलाई पत्राचार गरेपछि ठेकेदारहरु सर्वोच्च पुगेका हुन् । सर्वोच्चले तत्काल बैंक ग्यारेन्टी जफत नगर्न अन्तरिम आदेश दियो । यो आदेशले महानगरको ९ करोडभन्दा बढी रकम खातामा जम्मा भएको छैन । यो रकम लिनेबारे कुनै पहल पनि भएको छैन । केही समयअघि कानून शाखाले ठेकेदारको मुद्दा नै खारेज गर्न निवेदन दिने बताएको थियो । तर हालसम्म त्यसबारे कुनै प्रक्रिया थालिएको छैन ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१