काठमाडौँ, १६ भदौ । राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउन २६ गते स्वीकृत गरेको सो प्रश्नावली आज सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
यसअघि राष्ट्रिय जनगणना निर्देशक समितिले प्रत्येक वडा कार्यालयबाट सङ्कलन गरिने विवरणको लागि सामुदायिक प्रश्नावली गत असार ४ गते स्वीकृत गरिसकेको जनाएको छ । पहिलो प्रश्नावली सुरपरीक्षेकद्वारा घर तथा घरपरिवार सूचीकरणमार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घरको सम्पूर्ण विवरण सङ्कलन गरिनेछ भने दोस्रो प्रश्नावली गणकहरूद्वारा प्रत्येक घरपरिवारमा पुगी मुख्य प्रश्नावलीमार्फत पारिवारिक विवरण र व्यक्तिगत विवरणहरू सङ्कलन गरिनेछ ।
घर तथा घरपरिवार सूचीकरण २०७८ वैशाख २६ देखि जेठ १४ गतेसम्म र मुख्य प्रश्नावली २०७८ जेठ २५ देखि असार ८ गतेसम्म भरिनेछ । तेस्रो प्रश्नावली सुरपरीवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावलीमार्फत वडास्तरको पूर्वाधारसम्बन्धी विवरण सङ्कलन गरिने विभागद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विभागले प्रश्नावली निर्माण गर्दा यसअघि विभिन्न चरणमा सरोकारवालासँग अन्तरक्रिया तथा छलफल गरेको थियो । यसअघि विभागले नमूना जनगणना २०७७ असार १५ मा सम्पन्न गरी यसका आधारमा केही प्रश्नावलीमा सुधार र परिमार्जन समेत गरेको थियो ।
Related News
सम्बन्धित समाचार
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
पोखरा आदर्शमा रेडक्रस सर्कल पुनर्गठन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
लान्द्रुकमा हनी हन्टिङ महोत्सव तयारी
hero news full width
मुख्य समाचार
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१