लागुऔषधसहित २ पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७७
police

पोखरा  । पोखरा–३३ भरतपोखरीबाट ठूलो परिणाममा लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार जिल्ला र प्रहरी चौकी भरतपोखरीबाट खटिएको टोलीले गएराति चेकजाँचक्रममा ग ९ प ६०२८ नम्बरको मोटरसाइकलमा सवार दुई व्यक्तिले बोकेको झोलाबाट ६ केजी १ सय ग्राम गाँजा, १ थान लागुऔषध तौल गर्ने मेसिन बरामद गरेको हो ।

पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी १२ घर भई हाल पोखरा–१७ बिरौटा बस्दै आएका २३ वर्षीय संजोक विक र २० वर्षीय सिलास बिक रहेका छन् ।

उनीहरुमाथि लागुऔषध नियन्त्रण ऐन,२०३३ विपरीतको कसूरअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width