तनहुँ । तनहुँको आबुँखैरेनी–४, मुग्लिनमा अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप स्थापना भएको छ ।
सोको गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले शनिबार अवलोकन तथा निरीक्षण गरेका छन् ।
कार्यक्रममा मन्त्ती चुमानले गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा अवस्थित रहेको उक्त प्रहरी कार्यालयको स्थापनाले प्रदेशकै शान्तिसुरक्षामा अहम् भूमिका निर्वाह गर्ने बताउँदै कोरोना भाइरस संक्रमणलाई थप फैलिन नदिन सीमानाकामा हुनुपर्ने चेकिङ लगायत सुरक्षा सतर्कतामा थप सहजता प्रदान हुने विश्वास व्यक्त गरे ।
साथै प्रदेशअन्तर्गतको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रदेशअन्तर्गत आमनागरिकको सहज पहुँच हुने गरी प्रहरी सेवाको विस्तार र भौतिक पूर्वाधारयुक्त प्रहरी संरचनाको विकास गर्न गण्डकी प्रदेश सरकार तत्पर रहेको समेत बताए ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उक्त प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने साथै आम नागरिकका समस्या समाधानका लागि प्रहरीको मनोवल उच्च हुने विश्वास व्यक्त गर्दै प्रदेश अन्तर्गत नेपाल प्रहरीको सेवा विस्तारमा गण्डकी प्रदेश सरकारको तत्परता प्रति आभार व्यक्त गरे ।
कार्यक्रममा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, स्थानीय समाजसेवी लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१