निषेधाज्ञा ५ दिन थप्न महानगरको सिफारिस

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७७
pokhara-mahanagar-palika

पोखरा , ७ भदौ । कास्कीमा भदौ ३ गते मध्यरातिदेखि जारी निषेधाज्ञालाई थप ५ दिन वढाउन पोखरा महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय कास्कीमा सिफारिस गरेको छ ।

पोखरा महानगर कोरोना रोकथाम मूल समितिको बैठकले निषेधाज्ञालाई ५ दिन थप्ने निर्णय गरेको थियो । महानगरका उप उपप्रमुख मन्जुदेवी गुरुङको अध्यक्षतामा बिहान बसेको बैठकले ५ दिनको बन्द प्रभावकारी भएको ठहर गर्दै कोरोना नियन्त्राणका लागि पुनः निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने ठहर गरेको हो ।

अब प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला समितिले यससम्बन्धमा निर्णय गर्नेछ । भदौ ३ गते राति १२ बजेबाट ५ दिनका लागि जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेबाट सकिँदैछ । जिल्ला प्रशासन कार्यालय कास्कीमा यसै बिषयलाई लिएर बैठक बसिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width