लुकाई छिपाई मदिरा बिक्री गर्ने व्यापारी पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७७
wine

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा खाद्यान्न भन्दै लुकाई छिपाई मदिरा सप्लायर्सको काम गर्ने तनहुँका एक व्यापारीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको बन्दीपुर– १ डुम्रेस्थित भट्ट किराना पसलका संञ्चालक नन्दलाल भट्टलाई सवारी साधनसहित भानु नगरपालिका–१३ चन्द्रावतीबाट नियन्त्रणमा लिएको हो ।

भानु नगरपालिकामा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेको भन्दै सरकारले यही भदौ १ गते देखि निषेधाज्ञा गरेको छ ।

निषेधाज्ञा जारी गरे समय अवधिमा आफ्नो सवारी साधनमा अत्यावश्यक खाद्यान्न बोकेर गाउँ, गाउँमा पु¥याउने भन्दै डुम्रेबाट गाडीको तल्लो भागमा मदिरा लुकाएर बेच्न लैजाने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

खाद्यान्न ओसारपसारमा सक्रिय रहेका उनको गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।

नियन्त्रणमा लिएको गाडी र व्यापारीलाई इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रे पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि पनि भट्टलाई यस्तै प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएको थियो । पहिलोपटक भएका कारण स्थानीय टोल विकास र वडाको रोहबरमा सामान्य कारबाही गरी अब आइन्दा यस्तो गल्ती नगर्ने शर्तमा छोडिएको थियोे ।

कानुनी कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय दमौलीमा पठाइने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width