दमौली । विगत वर्षहरुमा तीज आउनु अगावै रौनक अर्कै हुन्थ्यो । महिना दिनअघि नै चहलपहल शुरु हुन्थ्यो । विभिन्न लक्षित नाचगान, भेटघाट र प्रतियोगिता धमाधम आयोजना हुन्थे । पार्टी प्यालेस होटलमा ठाउँ पाउन मुस्किल पथ्र्यो । महिलाहरु पनि वर्षदिनमा घुमिफिरी आउने तीजमा माइत जाने, दर खाने र महादेवको ब्रत बस्ने तयारीमा हुन्थे । बजारमा सामान किनमेलको भीड उस्तै देखिन्थ्यो । तर यसपालि रौनक छैन ।
कोरोना महामारीका कारण हिन्दू नारीहरुको महान् चाड हरितालिका तीज खल्लो छ ।
विश्वलाई नै आतंकित पारेको कोरोना भाइरस (कोभिड–१९) कारण यसपालि तीज खल्लो बनेको हो । घरभित्रै तीज खुम्चिन पुगेको हो ।
व्यास २ की कल्पना पौडेल प्रत्येक वर्षको तीजमा विभिन्न ठाउँमा हुने प्रतियोगितामा भाग लिन्थिन् । केही प्रतियोगितामा पुरस्कार पनि थाप्थिन् । तर अहिले उनले घरमै तीज मनाउने भएकी छिन् । किनकि जिल्ला प्रशासन कार्यालय तनहँुले कुनै पनि सार्वजनिक कार्यक्रम तथा आयोजना रोक लगाएको छ । पौडेलले भनिन्,“ पोहर तीजको प्रतियोगितामा समूह मिलेर धेरै कार्यक्रममा सहभागि भएयौ । तर अहिले कोरोनाले गर्दा परिवारमा मात्रै घरमै तीज मनाउँछु ।”
पौडेलमात्र होइन, व्यास ३ की बसुन्धरा घर्तीको कुरा पनि त्यस्तै छ । उनले भनिन्, “कोरोनाको डर छ । त्यसैले घरमै तीज मनाउने योजना छ ।”
जिल्लामा पनि तीजको अवसरमा आयोजना गरिने विभिन्न प्रतियोगिता स्थगित गरिएको छ । नेपाल महिला संघ तनहँुले यस वर्षको प्रतियोगिता स्थगित गरेको छ । संघकी अध्यक्ष पवित्रा पौडेल अनुसार कोरोनाको संक्रमणलाई मध्यनजर गर्दैकार्यक्रम नराखिएको बताइन् । उनले भनिन्, “प्रशासनले निषेधाज्ञा गरेको छ ।यस्तो अवस्थामा कसरी कार्यक्रम गर्नु । सबैलाई आ–आफनो घरमा तीज मनाउन आग्रह गरिएको छ। ”
विभिन्न सार्वजनिक कार्यक्रममा धुमधामका साथ महिलाहरुले तीज अहिले घरघरमै सिमित भएको हो । कोरोनाले गर्दा हिन्दू महिलाको स्वतन्त्रताको पर्व मानिने तीज घर र कोठामा खुम्चिन पुगेको हो ।
यतिबेला तीजको समयमा बजारमा हुने व्यापार पनि ठप्प छ । चार महिनादेखि लकडाउनमा बसेका व्यवसाय केही खुल्न थालेका थिए । फेरि कोरोना जोखिम बढेपछि पुनः ‘लकडाउन’ ले व्यवसाय ठप्प भएको हो ।
“पोहोर तीजका बेला बजारमा किनमेल गर्न भीडभाड लाग्थ्यो । अहिले व्यवसाय ठप्प पारेर घरमा बस्नुपरेको छ,” व्यास ३ को भीम फेन्सीकी सञ्चालक चन्द्रमाया श्रेष्ठले भनिन्, “व्यापार हुने बेलामा फेरि लकडाउन भन्छ । हामीजस्ता व्यवसायीलाई ठूलै मर्का परेको छ । यो वर्षको व्यापार गुम्यो ।”
यता, बजार, यातायात बन्दले माइत जाने योजना बनाएका चेलीहरुको योजनामा तुषारापात परेको छ ।
समुदायमा कोरोना संक्रमण जोखिम बढेपछि तनहँुका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काममा बाहेक हिँडडुल गर्नसमेत रोक लगाइएको छ । चाडबाडमा हुने भीडभाड र आवात्जावत्ले कोरोना संक्रमणको जोखिम थप बढ्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको प्रशासनले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
hero news full width
मुख्य समाचार
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८१