अनलाइन तीजनृत्यमा बास्तोला प्रथम

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७७
Untitled-1

लाहाचोक युवा सन्जालद्वारा महिला दिदीबहिनीको क्षमता विकास एवम् पहिचानका लागि आयोजित एकल अनलाइन तीजनृत्य प्रतियोगिता २०७७ बुधबार सम्पन्न भएको छ ।

प्रतियोगितामा वसन्ती बाँस्तोला प्रथम, सरस्वती क्षेत्रीले द्वितीय, शर्मीला अधिकारीले तृतीय साथै अम्बिका क्षेत्री सान्त्वना भएका छन् । त्यस्तै अनुशासनमा वितिशा बस्नेत, उत्कृष्ठ भेषभुषामा सरिता अधिकारी, उत्कृष्ट सांस्कृतिक नृत्यमा सिम्रन सुनार छनोट भएका छन् ।

उत्कृष्ट ७ मा परेका सबै प्रतियोगीलाई पुरस्कृत गरिने जनाइएको छ । प्रतियोगितामा निणयकका रुपमा दानबहादुर गुरुङ, गायिका तुलसा जि.सी र चुनबहादुर उचाइँ रहेका थिए ।

प्रतियोगितामा बालकलाकार सदीक्षा बास्तोला र प्राथना सुवेदीलाई आकर्षक पुरस्कारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस्तै प्रतियोगितामा द्वितीय हुन सफल सरस्वती क्षेत्रीले आफ्नो पुरस्कार रकम गाउँ कै वृद्धवृद्धालाई सहयोग गर्ने घोषणा गरेकी छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width