पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको वार्षिक समिक्षा तथा आगामी योजनासम्बन्धी समीक्षा बैठक बुधवारदेखि शुरु भएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा र चालु आर्थिक वर्षका योजनाबारे छलफल गरी योजना निर्माण गर्न भर्चुअल समीक्षा बैठक आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष केबि उप्रेतीले कोरोनाको संक्रमणका संकटपूर्ण अवस्थामा सुरक्षित भई सदस्यहरुको सेवालाई थप प्रभावकारी बनाउन वैठक सहयोगी हुने बताए । उनले बैंकले विगतमा दिदै आएको सेवालाई थप प्रभावकारी बनाउनका लागि सुझाव, समन्वय र सहकार्यमा जोड दिए । गत आर्थिक वर्षमा बैंकले लिएको लक्ष्य पुरा भएको छ, अध्यक्ष उप्रेतीले भने, चालु आर्थिक वर्षका योजना र लक्ष्यहरुलाई पनि पुरा गर्ने तरिकाले अगाडि बढ्नु पर्छ ।
कार्यक्रममा देशभरका ४४ वटा शाखाका प्रमुखहरुले गत आर्थिक वर्षको प्रगति तथा चालु आर्थिक वर्षको लक्ष्यका बारेमा प्रस्तुतीकरण गरेका छन् ।
कोरोना संक्रमणका बीच पनि गत आर्थिक वर्षमा बैंकले लिएको लक्ष्य पुरा गरेको छ, वैठकले यो वर्षका कार्यक्रम तथा योजना निर्माण गरी कार्यान्वयनको खाका बनाउने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।
कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, उच्च व्यवस्थापन र शाखा प्रमुखहरु सहित ७० जनाको सहभागिता रहेको छ ।
बैंकमा देशभरका १२ हजारभन्दा बढी सहकारी संघ संस्थाहरु सदस्य रहेका छन् । सदस्य सहकारी संघ संस्थाहरुबाट बैंकले २ अर्ब २२ करोड शेयर पुँजी, ४७ अर्ब निक्षेप संकलन गरी २७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको कुल सम्पत्ति ५१ अर्ब पुगेको छ ।
देशभर ४४ शाखा र केन्द्रीय कार्यालयबाट सदस्यहरुलाई सेवा दिदै आएको सहकारी बैंकले सहकारीलाई वित्तीय सेवाका साथै शिक्षा, तालिम, अध्ययन अनुसन्धान, संस्थागत विकास र स्तरीकरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सहकारी विभाग र नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन रहने बैंकलाई थप २४ वटा शाखा सञ्चालनको अनुमति हालै प्राप्त भएको छ ।
थप शाखा सञ्चालनका लागि आन्तरिक काम भैरहेको र असोजभित्र २४ वटा शाखा सञ्चालन गर्ने तयारी रहेको प्रमुख कार्यकारी अधिकृत गुरागाईले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१