शिक्षासेवी कुँवरलाई मातृशोक

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७७
late khinakumari kunwar

हेमजा  । पोखरा–२५, हेमजा निवासी शिक्षासेवी अम्बरबहादुर कुँवरलाई मातृशोक परेको छ । कुँवरकी ममतामयी माता खीनाकुमारीको ८१ वर्षको उमेरमा आइतवार निधन भएको हो ।

उनी मटु रोगबाट पीडित थिइन् । पछिल्लो समय उनमा निमोनिया समेत देखिएको परिवारजनले जनाएको छ ।कुँवरको सोमवार स्थानीय सेतीमर्दी घाटमा अन्त्येष्टि गरिएको छ । शवमा उनका छोरा अम्बरबहादुरले दागबत्ती दिए।

स्व. कुँवरका छोराबुहारी, ४ छोरी, ३ ज्वाइँ, ११ नातिनातिना तथा २ जना पनातिपनातिना छन् ।

शिक्षासेवी अम्बरबहादुर गौरीशंकर मावि प्रधानाध्यापक हुन्। त्यस्तै वडा शिक्षा समितिका सदस्य एवम् गौरीशंकर बचत तथा ऋण सहकारी संस्था सल्लाहकार भएर पनि यतिबेला सेवा गरिरहेका छन्।

त्यस्तै, कुँवरले गौरीशंकर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख, तत्कालीन शुक्लागंगा क्लब (हालको हेमजा युनाइटेड) का संस्थापक अध्यक्ष तथा हेमजा युनाइटेडका पूर्व सल्लाहकार भएर पनि सेवा गरेका थिए।

त्यस्तै स्व. कुँवरकी बुहारी उषा हेमजास्थित तीब्रेकोट आमा समूह अध्यक्ष हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width