समाजसेवी लामिछाने रहेनन्

कविराज खनाल
श्रावण ३०, २०७७
late hari prasad lamichhane

पोखरा–३२, कालिका नगर निवासी समाजसेवी हरिप्रसाद लामिछानेको शुक्रवार बिहान ६० वर्षको उमेरमा निधन भएको छ ।

साविक अर्घौ ५ मा जन्मेका लेखनाथ साना शहरी खानेपानी तथा उपभोक्ता संस्थाका उपाध्यक्षसमेत रहेका स्व. लामिछाने नेकपा जिल्ला सदस्य एवं अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्जमा संलग्न भई सेवा गरेका थिए ।
विगत वर्षदेखि मधुमेह रोगको समस्या झेल्दै आएका उनमा पछिल्लो समय मुटुमा समस्या रहेको पारिवारिक स्रोतले जानकारी दिए ।

सेतीनदी किनार शतिघाटमा शुक्रवार उनको अन्त्येष्टिमा छोराहरु सुवास र सन्दीप लामिछानेले धार्मिक परम्परागत रुपमा दागवत्ति दिए ।

अन्त्येष्टिमा प्रदेश समितिका अध्यक्ष हितराज पाण्डे, जिल्ला ईन्चार्ज राजकाजी गुरुङ्ग, विकास समतिका सभापति एवं प्रदेश सभा सदस्य दिपक कोइराला, जिल्ला पाटी सचिव वखान सिंङ गुरुङ्गलगायत नेकपाका नेता तथा कार्यकर्ताको सहभागिता थियो । स्व. लामिछानेका माता १, भाइहरु २, दिदीवहिनी २, छोराहरु २, वुहारी २ र नाति नातिना ३ रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width