सचेत रहन आग्रह

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७७
tamu dhee

कोरोना भाइरसको संक्रमणले विश्व नै संकटग्रस्त भएको सन्दर्भमा नेपालमा पनि संक्रमण समुदायस्तरमा प्रवेश गरिसकेकाले सतर्कता अप्नाउन तमु धिं कास्कीले अपिल गरेको छ ।

तमु धिं कास्कीका अध्यक्ष र प्रचारप्रसार संयोजक हुम तमुद्वारा जारी विज्ञप्तिमा कोरोनाको उपचार नभएकाले हामी आफै सचेत बनी आफू पनि बच्न र अरुलाई पनि बचाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, तमुलगायत विभिन्न जाति समुदायको संस्कार र संस्कृतिगत कर्म, कार्यक्रम विशेष सर्तकता अपनाई गर्नुहुन तथा मृत संस्कार( अन्त्येष्टि, अर्घौं), विवाह, विभिन्न पूजाआजा, भेला, बैठकमा भौतिक दुरी कायम गरी अनिवार्य उपस्थित हुनुपरे मात्रै सीमित संख्यामा उपस्थित हौं ।

Related News

सम्बन्धित समाचार

hero news full width