भगवती जात्रा औपचारिकतामात्र

भोजराज भट्टराई
श्रावण २९, २०७७
News Bhagawati Jatra

तानसेन । तानसेनमा बिहीबार २०२ औं भगवती जात्रा निकालियो । कोभिड–१९ जोखिमका कारण यसपटक भने भगवती जात्रा औपचारिकतामै सीमित भयो ।

कोरोना कहरले जात्रा पर्व गर्न रोक लगाएको बेला पाल्पाको भगवती जात्रा मन्दिर परिसरमै गरेर परम्परालाई जोगाइएको छ । विसं. १९७१ देखि १८७२ सम्मको अंग्रेजसँगको युद्धमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झनास्वरुप विसं. १८७६ देखि भगवती रथयात्राको रूपमा विजयउत्सव मनाउन थालिएको हो ।

वीरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको २०२ औं भगवतीजात्रा यसपटक भने मन्दिर परिसरमै मनाइयो । राष्ट्रिय महत्त्व बोकेको जात्रा भएकोले प्रदेश ५ सरकारले पाल्पामा सार्वजनिक बिदा दियो ।

जात्रा दिउँसो १२ बजेको साइतमा भगवती मन्दिर वरीपरि घुमाइएको थियो । बुधबार श्री ७ रणउजिरेश्वरी भगवतीलाई सिंदूर, अबिर र केशरीसशित अन्य वैदिक पूजा पाठ गरिएको रण उजिरेश्वरी भवगती गुठीका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए ।

उदयका अनुसार व्यवस्थापन समिति, पुजारी, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको जात्रामा दूरी कायम गरी सहभागिता थियो । भगवतीको रथलाई ३ पटक मन्दिरको परिक्रमा गराई दिउँसो सलामी दिइएको थियो । तत्कालीन कर्णेल उजिरसिंह थापाको कमाण्डमा नेपाली सेनाले जितगढी नुवाकोट युद्धमा विजयी प्राप्त गरेको थियो ।

पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिरसिंह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन आराध्यादेवी भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वासमा सिंदूर यात्रासहित प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन तानसेनमा भगवती जात्रा निकालिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै