हेमजामा मास्क वितरण

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७७
hemja leo club progrem photo

हेमजा । अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा बुधबार लियो क्लब अफ हेमजाले कोरोना सचेतना सन्देश सहित ५ सय मास्क वितरण गरेको छ ।

मिलनचोकमा पैदल यात्रु, यातायात सवार यात्रु तथा चालक र सहचालकलाई कोरोना भाइरस सचेतना सन्देश सहित मास्क वितरण गरिएको क्लबका सचिव एवम् कार्यक्रम संयोजक नीराजन अधिकारीले जानकारी दिए।

उक्त कार्यक्रममा क्लब अध्यक्ष विजय त्रिपाठी सहित सदस्य मनोज त्रिपाठी, निरज अधिकारी,कपिल शर्मा, विजया त्रिपाठी लगायत खटिएका थिए ।

वितरित मास्क स्थानीय राजेश मेडिकल हल, रिया मेडिकल हाल, दीव्यासागर मेडिकल हल र वरदान अनलाइन स्टोरको सौजन्य गरेका हुन् ।

कार्यक्रममा अस्थायी प्रहरी बिट हेमजाले सहजीकरण गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width