काठमाडौँ, २८ साउन । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पु¥याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए । आफन्त नेपालमा क्रियाशील नवीन जोशीका अनुसार ती युवतीलाई एक एजेन्टले नै माया गर्ने नाटक गरेर राखेको तथा सोही काम गराउँदै पैसा आफँै लिने गरेपछि उनले आफू फसेको महसुस गरेकी थिइन् । स्वदेश फिर्तापछि ती महिलालाई हाल होम क्वारेन्टिनमा राखिएको छ ।
आफन्त नेपालका परामर्शकर्ता तथा उनको स्वदेश फिर्तीमा प्रत्यक्ष संलग्न लक्ष्मी विष्टका अनुसार उनको मानसिक स्थिति बिग्रिएको छ । उनका अनुसार थुप्रै औषधि प्रयोग गराइरहँदा मानसिक स्थिति बिग्रिएको देखिन्छ । तसर्थ उनलाई थप परामर्श र मायाको खाँचो छ । यसमा आफन्त र आफ्नो परिवारको भूमिका निकै महत्वपूर्ण भएकोले छिटोभन्दा छिटो परिवारको जिम्मा लगाइएको हो ।
आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले यस्तो विषम परिस्थितिमा पनि उनको उद्वारमा अहोरात्र खटिएका आफन्त नेपाल र रेस्क्यु फाउन्डेशनका उद्वारकर्ता र परामर्शकर्ता तथा स्वदेशफिर्तीमा सहयोग पु¥याउने नेपाली दूतावासप्रति आभार व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
नवलपुरमा २५ सय हेक्टर वन सखाप
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१