१. कास्की कारागारमा जबरजस्ती करणी मुद्दाका थुनुवा र कैदीको संख्या सबैभन्दा बढी देखिएको छ । प्रायः लागु औषध सम्बन्धि मुद्दाका कैदी बढी रहने गरेको कास्कीमा यतिखेर जवरजस्ती करणीका मुद्दाका थुनुवाको संख्या उच्च रहेको हो । कुल ९ सय १९ कैदी र थुनुवा रहेको कास्की कारागारमा लागु औषधका २ सय ३६ र जवरजस्ती करणीका २ सय ४५ जना रहेको जनाईएको छ ।
२. नेपालको मुलुकी अपराध संहिता–२०७४ परिच्छेद १८ मा जवरजस्ती करणी सम्बन्धि कानूनी व्यवस्था छ । सो कानून बनेपछि जवरजस्ती करणीको मुद्दामा सजायँ भोग्नेको संख्या बढेको मानिएको छ । तथापि, अहिले समाजमा नै यौन दूराचारका घटनाहरु बढिरहेको पाइन्छ । त्यसै कारणले पनि मुद्दा खेप्नेको संख्या बढेको हो ।
३. कोरोना संक्रमण नियन्त्रणका लागि बनाइएका क्वारेन्टिन भित्रै पनि बलात्कारका घटना भएका छन् । हालै सुरक्षा निकायका उच्च पदाधिकारी समेत जवरजस्ती करणीमा पक्राउ परे । यी यस्ता घटनाले यौन दूराचार कति फैलिरहेको क, अनुमान गर्न सकिन्छ । सामाजिक लोकलाजका कारण पनि कतिपय घटनाहरु उजागर हुन सकेका छैनन् ।
४. मानिसको आफ्नो शरीरमाथि आफ्नै अधिकार हुन्छ । त्यसैले उसको इच्छा विपरित कसैले पनि उसको शरीरको उपभोग गर्न पाउँदैन । गरे जवरजस्ती ठहरिन्छ, त्यो अपराध मानिन्छ । कति महिलाहरुले आफ्नै श्रीमान् विरुद्ध पनि जवरजस्ती करणीको मुद्दा गरेका छन् । यसलाई साहस नै मान्नुपर्छ । अपराधीहरुले छुट पाउनु हुदैन ।
५. यौन दूराचारीहरुलाई कानून अनुसार सजाय गर्ने कुरा त छदैछ । यस्ता घटना हुन नदिन सावधानी अपनाउन पनि जरुरी छ । यस सम्बन्धि समाजमा सचेतना जगाउनु पर्छ । मानव अधिकारका बारेमा ज्ञान दिनुपर्दछ । मानिसको कर्तव्य, नैतिकताबारे सजगता अपनाउनु पर्दछ । समाजमा अनुशासन नहुँदा विभिन्न विकृति विसंगति देखा पर्छन् । त्यसमा सरकार हमेशा सजग रहनुपर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१