काठमाडौँ २१ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयद्वारा आज विभिन्न सञ्चारगृहका सम्पादकहरुसँग आयोजित अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पिसिआर जाँच गरिने जानकारी दिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले दुई प्रतिशत जनसंख्याको जाँच गरिने बताएका थिए ।
मन्त्री ढकालले भने, ‘आवश्यकताअनुसार परीक्षण गर्दै लगिने छ । सीमाबाट हिँडेर आउनेलाई १४ दिन क्वारेन्टिनमा राखिने छ र पिसिआर टेष्ट गरिने छ । हवाइजहाजबाट आउनेलाई पाँच दिन राखिने छ ।’ उनले बन्दाबन्दीबाट मुक्त भएकाहरु असावधान हुँदा जोखिम बढेको बताउँदै अब पहिले जस्तो सोलोडोलो बन्दाबन्दी नहुने स्पष्ट पारे । ‘बन्दाबन्दीको मोडालिटीबारे सोचिने छ’, उनले भने । उनका अनुसार चाडपर्व मनाउने प्रोटोकलबारे मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । तराईका जिल्लामा कडाइका साथ व्यवस्थापन गरिने छ । आगामी भदौ १ गतेदेखि खुल्ने भनिएका हवाइजहाज, लामो दूरीका सवारी साधन र विद्यालयबारे पनि सोचिने बताउँदै उनले भारतको अवस्था हेरी हाम्रो अवस्था निर्धारण हुने सङ्केत गरे ।
उनले मन्त्रालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराए । मन्त्री ढकालका अनुसार कोरोनाबाट मृत्यु हुने प्रतिशत नेपालमा शून्य दशमलव २७ मात्र छ जुन विश्वका अन्य मुलुकका दरभन्दा कम छ । विश्व स्वास्थ्य सङ्गठन र केही मुलुकले नेपालमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापन राम्रो बताएका छन् ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१