काठमाडौँ, १५ साउन । लकडाउन खुलेसँगै कोभिड–१९ संक्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको ८ दिन र लकडाउन खुलेपछिको ८ दिनपछि परीक्षण र संक्रमितको संख्या हेर्दा कोरोनाको संक्रमण दर बढेको पाइएको हो ।
लकडाउन खुल्नअघि ८ दिन अवधिमा कुल ३४ हजार ४ सय ५७ नमूना परीक्षण गर्दा १ हजार ४९ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै लकडाउन खुलेपछि ३४ हजार १ सय ९ नमूना परीक्षण गर्दा १ हजार २ सय ७९ जनामा कोरोना पुष्टि भएको छ ।
लकडाउन खुल्नुअघिको ८ दिन ३ प्रतिशतमा सीमित रहेको कोरोना संक्रमण पछिल्लो समय बढेर ३.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमले लकडाउनपछि पनि संक्रमण दर बढेकोले कोभिड अगाडिको जस्तै सामान्य जीवनमा फर्किएको रुपमा नबुझ्न आग्रह गरे ।
लकडाउन हटेसँगै सबै नवसामान्यीकरणमा आएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोभिड अगाडिको जस्तै सामान्य जीवनमा फर्किएका रुपमा नबुझ्न आग्रह गरे । कोरोना भाइरसको जोखिमकैबीचमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध गरे । पछिल्लो केही दिनदेखि लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा विभिन्न २९ वटा प्रयोगशालामा ६ हजार ३७ नमूना परीक्षणमा २ सय १० जनामा कोभिड–१९ पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।
बुधबार सबैभन्दा बढी डोटीमा ५२ संक्रमित फेला परेका छन् । त्यस्तै पर्सामा ३४, स्याङ्जामा २६, महोत्तरी र काठमाडौँमा १४÷१४, धनुषामा १२, मोरङ, कैलाली र कञ्चनपुरमा ८÷८, धादिङ र बागलुङमा ७÷७, म्याग्दी, सप्तरी कपिलवस्तु र बैतडीमा २÷२ तथा सुनसरी, सर्लाही, भक्तपुर, रौतहट, तनहुँ र सुर्खेतमा १÷१ संक्रमित थपिएका छन् ।
मुलुकभर अहिले पनि सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ३ रहेको छ । प्रदेश १ मा २ सय २६, प्रदेश २ मा १ हजार ९ सय ८२, वाग्मतीमा ४ सय ८३, गण्डकी प्रदेशमा २ सय ८८, प्रदेश ५ मा ४ सय १, कर्णाली ३ सय २ र सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय २१ सक्रिय संक्रमित छन् । रौतहट र कैलालीमा अझै पनि ५ सय बढी सक्रिय संक्रमित उपचाररत छन् । क्वारेन्टिनमा रहनेको संख्या १४ हजार ४ सय ७१ छ ।
नेपालमा हालसम्म कुल संक्रमितको ७२.७ प्रतिशत कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १ सय ४६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म १४ हजार २१ जना कोरोनालाई जितेर घर फर्केका छन् । प्रदेश १ मा ७ सय ८९, प्रदेश २ मा ३ हजार १८, वाग्मती प्रदेशमा ५ सय १८, गण्डकी प्रदेशमा १ हजार २ सय २७, प्रदेश ५ मा ३ हजार ९ सय १०, कर्णालीमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् । प्रदेश १ को भोजपुर र संखुवासभा, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय संक्रमित छैनन् ।
नेपालमा प्रति १० लाखमा १२ हजार २ सय ८४ जनाको कोरोना परीक्षण गरिएको छ भने मृत्युदर प्रति १० लाखमा १.६ रहेको छ । हालसम्म विश्वभर १ करोड ६९ लाख १७ हजार ७ सय १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोनाबाट ६ लाख ६३ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणमुक्त भएर १ करोड ४ लाख ४२ हजार ३ सय ८३ ‘डिस्चार्ज’ भएका छन् ।
Related News
सम्बन्धित समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१