कल्याण शेरचनको ७४ औं जन्मजयन्ती

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७७
kalyan (1)

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले कल्याण शेरचनको ७४ औं जन्मजयन्ती मनाएको छ।

पोखरा १०, रामघाटस्थित बौद्ध अर्घौ सदन गुम्बामा सोमबार पूजा तथा दीप प्रज्वलन गर्दै लोकस्रष्टा, साधक, शिल्पी कल्याण शेरचनको स्मरण गरियो ।

विगतमा पोखरासहित काठमाडौंमा लोकस्रष्टा शेरचनको जन्मजयन्ती मनाउँदै आएकोमा यसपालि कोभिड–१९ महामारी कारण प्रतिष्ठानले सामाजिक दूरी कायम गर्दै गुम्बामा जन्मजयन्ती मनाएको प्रतिष्ठान अध्यक्ष क्या.पूर्णबहादुर ह्योल्मोले बताए।

यस्तै, कोरोना कहर एवं लामो लकडाउनको बेल समस्यामा परेका विपन्न ४१ परिवारलाई प्रतिष्ठानले करिब ९० हजारको राहत वितरण गरेको अध्यक्ष ह्योल्मोले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width