लेखनाथ न । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा वडा ३२, राजाको चौतारास्थित ब्रह्मरुपा माविको चारकोठे पक्की भवन उद्घटन गरिएको छ । भवनको पूर्व स्वाथ्यमन्त्री तथा संघीय सांसद खगराज अधिकारीले उद्घाटन गरेका हुन् ।
उनले विद्यालयको आधारभूत विकास र अत्यावश्यक निर्माण सामग्रीले गुणस्तरीय शिक्षा प्रदान गर्न प्रभावकारी भूमिका खेल्ने बताए । उनले शैक्षिक विकास नै समाज विकास रहेको बताउँदै हाल कोराना भाइरस महामारी बेलामा पनि विद्यालयले विद्यार्थीसँग सहकार्य गरी सामाजिक दूरी कायम गर्दै विभिन्न माध्यमबाट पठनपाठन संचालन गर्नुपर्ने बताए ।
राष्ट्रिय पुन निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ ( शिक्षा ) जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) कास्कीका प्रमुख लालप्रसाद पोख्रेलले पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ मार्फत कास्कीका स्कुलमा मात्र १ सय ९० वटा भवनसँगै ६ सय ११ कोठा, १ सय १४ शौचालय र १ सय ६५ वटा खानेपानी योजना बन्दै गरेको बताए ।
उनले पोखराभित्रमात्र ३ सय २१ वटा कोठा बन्दै गरेको र विकास निर्माण कार्यको लागि यस विद्यालयको निर्माण समिति अग्रसर भएर समयमा नै भौतिक निर्माण कार्य सम्पन्न गरेको धन्यवाद दिए ।
वडाध्यक्ष अक्कलबहादुर कार्कीले भौतिक पूर्वाधार विकासले गुणस्तरीय शिक्षा प्रदान हुने भएकाले वडाबाट हुने सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालय प्रअ जनार्दन सुवेदीले ६९ लाख ८० हजार ७ सय रुपैयाँ लागतमा निमार्ण सम्पन्न भएको भवनमा शुद्ध पिउने पानी र शौचालय समयमा नै बनाउन सफल रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी तिवारीले अध्यक्षतामा भएको सो कार्यक्रममा शिक्षक अभिभावक संघ अध्यक्ष विश्वराज पौडेलले धन्यवाद ज्ञापन गरे ।
सो कार्यक्रममा शिक्षक महेश्वर पण्डितले कार्यक्रम संचालन गरेका थिए ।
प्राविधिक धारअन्तर्गत कम्प्युटर इञ्जिनियरिङ्गमा शैक्षिक सत्र २०७० सालदेखि नै कक्षा ९ देखि १२ सम्म कम्प्युटर इञ्जिनियर अध्ययन अध्यापन गर्दै आएको सो विद्यालयमा ८ सय ५० जना विद्यार्थी पढ्छन् ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१