काठमाडौं, २२ असार । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल एक्लाउक्लै छलफल पछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट वाहिरिएका छन् ।
दुवै अध्यक्षको छलफलपछि आजको स्थायी कमिटी बैठक सहमतिको प्रयत्न गर्ने भन्दै बुधवारसम्मलाई स्थगित गरिएको छ ।यसबीचमा दुईपटक अन्य सहयोगी नेताहरूसहित वार्ता गरेका ओली र प्रचण्ड सोमबार भने एक्लाएक्लै संवादमा थिए । दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने बारेमा खुलेको छैन् । यसअघि दुवै वार्तामा ओलीले आफू प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान दोहोर्याएका थिए भने प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने अडान नै राखेका थिए । दुई अध्यक्षबीच समझदारी नभई स्थायी
कमिटी बैठक नराख्न मध्यमार्गी नेताहरूले पनि दबाब दिइरहेका छन् ।अहिले पार्टी निर्णय मान्ने कि नमान्ने भन्ने तहको बहस भइरहेको भन्दै ती नेताले बैठकले ओलीको सहमतिबिना निर्णय गर्नासाथ उनले नमान्ने र पार्टी विभाजनको बीजारोपण हुने बताए । पार्टी फुट्नेमात्र होइन संविधान नै संकटमा पर्ने भएकाले जे निर्णय भए पनि यसपटक सहमतिकै आधारमा हुनुपर्ने जोड ती नेताहरूको छ ।पछिल्लो समय घनश्याम भुसालको संयोजनमा दोस्रो तहका प्रभावशाली नेताहरू पार्टी विभाजन रोक्न सक्रिय भएका छन् भने दुई अध्यक्षबीच समझदारी कायम गर्न शंकर पोखरेल र वर्षमान पुन गृहकार्यमा छन् । महासचिव विष्णु पौडेलले मुख्य नेताहरूसँग सघन संवाद गरिरहेका छन् ।
स्थायी कमिटी बैठकले समाधान नदिने भएकाले केन्द्रीय कमिटी बैठक बोलाउन पनि हस्ताक्षर अभियान चलिरहेको छ । तर नेताहरू भने दुई अध्यक्ष र माधव नेपालसहित समझदारी कायम नभई पार्टीको बैठक राख्दा त्यसले समस्याको निकासभन्दा पनि विभाजनतर्फ धकेल्ने भएकाले समझदारीमै जोड दिइरहेका छन् ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१