पोखरा । नेपालले आइएसकेयू इन्टरनेसनल अनलाइन कराते काता च्याम्पियनसीपमा ४ स्वर्णसहित १० पदक हात पार्न सफल भएको छ ।
नेपालले ४ स्वर्ण, समान ३÷३ रजत र ३ कांस्य पदक गरी १० पदक जितेको हो । नरहरिपुर कराते डोजो, मच्छेगाउँकी सञ्जु देसारले महिला क्याडेट इभेन्ट्समा श्रीलंकाकी एसएभी देभमिनी डी सिल्भालाई पराजित गर्दै स्वर्ण पदक हात पारिन् । यस्तै, ७ वर्षमुनिको स्पर्धामा प्रशन्न घर्तीमगरले आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै स्वर्ण दिलाए ।
त्यसैगरी, ८ वर्षमुनिको स्पर्धामा सत्कार घर्तीमगरले श्रीलंकाका थरुसा लकमललाई पराजित गर्दै स्वर्ण जिते । यस्तै, महिला १० वर्षमुनिको स्पर्धामा दीक्षा महताराले इरानकी साबा रोहीलाई पराजित गर्दै स्वर्ण हात पारिन् ।
इन्टरनेसनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाइटेड (आइएसकेयू)को संयुक्त आयोजनामा भएको च्याम्पियनसीपमा पुरुष क्याडेटतर्फ मनीष कार्की, महिलातर्फ ९ वर्षमुनि स्वेता तामाङ र १३ वर्षमुनिको समूहमा सिर्जना महताराले रजत प्राप्त गरे ।
२ जुलाईदेखि सञ्चालन भएको च्याम्पियनसीपमा ९ वर्षमुनिको पुरुष स्पर्धामा मुकेश खड्का, १० वर्षमुनिका स्पर्धामा ओन्तो घर्तीमगर र १३ वर्षमुनिको स्पर्धामा अमृत थोकरले कांस्य पदक प्राप्त गरे ।
Related News
सम्बन्धित समाचार
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१