सर्लाही, १९ असार । तपश्वी रामबहादुर बमजनविरुद्ध बलात्कार अभियोगमा सर्लाही जिल्ला अदालतमा मुद्दा परेको छ ।
आश्रममा बलात्कार आरोप लागेका रामबहादुर बमजनविरूद्ध बलात्कार अभियोग लगाउँदै सर्लाहीको सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । रौतहटकी किशोरीलाई बलात्कार गरेको प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता युवराज शर्माले जानकारी दिए।
रौतहटकी गंगामाया तामाङलाई आश्रममा बस्दा बलात्कार गरेको आरोप बमजनमाथि थियो। बालबालिकासम्बन्धी ऐनको हदम्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको शर्माले बताए।आफू बालिका हुँदा भएको यौनशोषण बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ।
बमजनले सर्लाहीको आश्रममा हुँदा आफूमाथि बलात्कार गरेको भन्दै गंगामायाले माघमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले यो मुद्दामा अनुसन्धान अघि बढाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिम क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको हो। १४ वर्ष देखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ।
आफूमाथि २०७३ साल साउन २० गते बमजनले बलात्कार गरे आरोप गंगामायाले लगाएकी छन्। गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। अहिले गंगामाया काठमाडौंस्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छन्।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१