भक्तपुर, १७ असार । पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल नजिकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व भक्तपुरका सेक्रेटरीसमेत रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
प्रहरीले कालीकोट स्थायी घरभएका शाहीलाई ठिमीबाट पक्राउ गरेको बताउँदै उनले जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान शुरु गरिएको जानकारी दिए । बम विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले यसअघि नै अभिषेक भन्ने टेकबहादुर विक, अमृतबहादुर कुमाल, लक्ष्मण सेठी, देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो । जसमा जिल्ला अदालत भक्तपुरले चैत ३० गते देवीबहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र अन्य तीन जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरी थप अनुसन्धान एवं कारवाही अगाडि बढाएको गिरीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१