१. आज असार पन्ध्र । यस दिनलाई कृषकहरुले विशेष पर्वको रुपमा मनाउँदै आएका छन् । धान रोपाई हुने असार महिनाको मध्य भएकोले यो दिन पर्वको रुपमा मनाउने गरिएको हो । यो हाम्रो सँस्कृतिकै रुपमा विकास हुँदै आएको छ । यस दिन हिलो छुनु, हिलोको टिका लगाउनु, हिलो खेल्नु र धान रोप्नुलाई धार्मिक दृष्टिकोणले पनि पुण्यकार्यको रुपमा लिईन्छ । असारे गीत गाउँदै, हिलो खेल्दै र भोज खाएर असारे पन्ध्र मनाउने चलन छ ।
२. यता केही वर्ष देखि असारे पन्ध्रलाई नेपालमा राष्ट्रिय धान दिवसको रुपमा मनाइदै आएको छ । यस वर्ष ‘धान उत्पादनमा बृद्धि, आत्म निर्भरता र समृद्धि’ भन्ने नाराका साथ सत्रौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइदै छ । कोरोना कहरका वीच पनि किसानहरु धान रोपाइमा होमिएका छन् । रोगले भन्दा भोकले मरिने त्रास बढिरहेको वेला धान रोपाईको अरु महत्व बढेको छ ।
३. धान नेपालको मुख्यबाली हो । यो नेपालमा समुन्द्र सतहबाट ६० मिटर उचाइको तराईदेखि ३ हजार ५० मिटर मिटर उचाइको जुम्लाको छुमचौरसम्म धान खेती गरिन्छ । छुमचौर धानखेती हुने संसारकै उच्च स्थान हो । दशेमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती हुन्छ । कुल ग्राहस्थ उत्पादनमा २६.५० प्रतिशत कृषिको योगदान रहेकोमा त्यस मध्ये धानको १५.३५ प्रतिशत रहेको छ ।
४. पहिले खाद्यान्नमा आत्मनिर्भर रहेको हाम्रो देश यता केही दशक देखि परनिर्भर बन्दै आएको छ । जनसंख्या बढ्दै जानु र खेतवारी बाँझो रहँदै जानु तथा भएको खेतीबाट पनि पर्याप्त उत्पादन गर्न नसक्नु यसका कारणहरु हुन् । अहिले देशमा वार्षिक ३० अर्व रुपैंयाको चामल आयात भईरहेको तथ्याङ्कले धानको माग कति रहेछ भन्ने देखाउँछ ।
५. देशलाई धानमा आत्मनिर्भर बनाउन सकिने अवस्था हुँदाहुँदै पनि त्यसतर्फ ठोस ध्यान जान सकेको छैन । कतिपय जग्गा बाँझा रहेका छन् । सिचाईको व्यवस्था छैन । परम्परागत खेती प्रणाली अझै रहेको छ । उन्नत विऊ प्रयोग नगर्नु र समयमै मल विऊ नपाइनुले पनि असर पुगेको छ । धानमा हामी आत्मनिर्भर बन्छौं भनेर अठोटका साथ लाग्न सकेमात्र धान दिवस मनाएको सार्थकता रहनेछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१