बुद्धविशाल बजारको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
असार १४, २०७७
106247581_271510454126983_3597781446447477662_n

पोखरा, १४ असार । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको आयोजना तथा रक्त संचार केन्द्र पोखराको प्राविधिक सययोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बुद्ध विशाल बजार व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर शेरचनले पहिलो रक्तदाता बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका पूर्व अध्यक्ष तथा सल्लाहकार माधव सिग्देललाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बुद्ध विशाल बजार व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर शेरचनले सवै भन्दा ठूलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिए । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ ।

उक्त रत्तदान कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका महासचिव ईन्द्रराज अर्यालले संचालन गरेका थिए भने बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिव शर्माले रक्तदान कार्यक्रममा सहभागी सवैमा स्वागत गर्दै आगामी दिनहरुमा पनि सवैको साथ र सयोग हुने बताए । कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका सचिव बुद्धिबहादुर कुँवर सल्लाहकारहरु जगन्नाथ ढकाल,ध्रुव प्रसाद रेग्मी लगाएतले मन्तब्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width