लकडाउनमा १०९ बलात्कारका घटना

रासस
असार ११, २०७७
rape attempt

काठमाडाैं, ११ असार । लकडाउनको बेलामा मुलुकभर १ सय ९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् ।

सो समयमा ७ सय ३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १ सय ९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् ।

महिलापुनस्र्थापना केन्द्र (ओरेक) ले बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा गरेको अभिलेखीकरणअनुसार आठ सामूहिक बलात्कार र नौ वैवाहिक बलात्कारसम्बन्धी घटनासमेत रहेका छन् । यसैगरी १२ प्रतिशत (१७ जना) परिवारका सदस्य, नौ जना प्रेमी ठानिएको व्यक्ति, तीन घटना सेवाप्रदायक, तीन शिक्षक र ३१ जना अञ्जान व्यक्तिबाट बलात्कारका घट्ना भएको पाइएको ओरेकका वरिष्ठ कार्यक्रम संयोजक संजिता तिम्सिनाले जानकारी दिइन् ।

बलात्कार जस्तो निकृष्ट मानवाधिकार हनन्का घटनामा पनि पीडित परिवारले घटना दर्ता गर्न सङ्घर्ष गर्नुपर्ने स्थिति रहेको, प्रभावितलाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहार पनि अमानवीय र निन्दनीय रहेको ओरेकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै