टोटनहाम इङ्लिस पिमियर लिगको सातौं स्थानमा

आदर्श समाज सम्वाददाता
असार १०, २०७७
Tottenham vs Westham united

पोखरा । इङ्लिस प्रिमियर लिगको लन्डन क्लब टोटनहाम हट्सपर लिगको शीर्ष सातौं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई २–० गोल अन्तरले हराएपछि टोटनहाम हट्स्पर लिगको सातौं स्थानमा उक्लिएको हो । जितसँगैै टोटनह्यामले ३१ खेलबाट ४५ अंक बनाएको छ ।

अंक तालिकाको सातौं स्थानमा रहेको टोटनहामले सेफिल्ड युनाइटेडको भन्दा १ अंक बढी बटुलेको छ । समान ३१ खेल खेलेको वेस्ट ह्याम भने २७ अंकमा रेलिगेसन जोनभन्दा १ स्थान माथि छ ।

मगंलबार राति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ६४ औं मिनेटमा टोमस सौचेकको आत्मघाती गोलबाट टोटनह्यामले अग्रता लिएको थियो ।

टोटनहामका लागि अर्को गोल इङलिस फुटबल स्टार ह्यारी केनले गरेका थिए । करिब ६ महिनापछि गत साता मैदान फर्केका ह्यारी केनले ८२ औं मिनेटमा गोल गर्दै टोटनह्यामको जित सुनिश्चित गराए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै