सरकारले एनजिओ शैलिबाट काम गरेर हुँदैनः सांसद कोइराला

आदर्श समाज सम्वाददाता
असार ४, २०७७
Deepak Koirala

पोखरा, ४ असार । ‘लक्षित वर्गलाई क्षमता अभिवृद्धि भनेर बर्सेनि बजेट छुट्याइएको हुन्छ । लगातार क्षमता अभिवृद्धि भनेर बजेट सक्नु भन्दा कुनै प्रोजेक्ट दिनुपर्‍यो । सँधै एनजिओ शैलीबाट काम गरेर हुँदैन सरकारले,’ सांसद दीपक कोइरालाले भने, ‘बजेट खर्चका लागि सरकोको कार्यशैली परिवर्तन गर्नुपर्छ । राजनीतिक नेतृत्वमा समस्या हो कि कर्मचारीतन्त्रमा यसबारेमा बहस हुनु जरुरी छ । खर्च हुन नसकेको रकम राखेर बजेट बढाएर गौरव मात्र गरेर के गर्ने ?’
गण्डकी प्रदेशको आगामी बजेटमाथी आफ्ना धारणा राख्दै सांसद कोइरालाले कतिपय कार्यक्रम पोहोर आएर पनि अहिले छुटेको बताए । ‘फेवातालदेखि बेगनास ताल जोड्न मोनोरेलका कार्यक्रम पोहोर सुनिएका थिए । अहिले छैन,’ उनले भने । कोइराला कर्मचारीको भत्ता कटौतिले मात्रै चालू खर्च कम नहुने तर्क गर्छन् । सरकारले चालू खर्च घटाउने लक्ष्य लिएपनि संरचनागत बृद्धीले खर्च झनै बढ्दै गएको उनले बताए । ‘कर्मचारीको भत्ता कटौतीले मात्र चालु खर्च घट्दो रहनेछ । यसका लागि आन्तरिक आम्दानी वृद्धि गर्नुपर्ने छ, उनले भने, ‘बजेट खर्चका लागि सरकोको कार्यशैली परिवर्तन हुनु जरुरी छ । राजनीतिक नेतृत्वमा समस्या हो कि कर्मचारीतन्त्रमा यसबारेमा बहस हुनु जरुरी छ ।’

सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न निकै मेहिनत गर्नुपर्ने भन्दै उनले कोरोनाका कारण स्वास्थ्य प्राथमिकतामा परेकोमा खुशी ब्यक्त गरे । उनले कृषिमा बजेट केन्द्रित भएकोले यसको कार्यान्वयन हुन सके ब्यापार घाटा कम हुने बताए । ‘कृषिलाई उद्योगसँग जोड्ने र रोजगारी वृद्धि गर्ने । आत्मनिर्भतातिर लैजान्छ । हामीले विश्वसँग प्रतिस्पर्धा गर्ने भनेकै कृषिले हो,’ उनी भन्छन्, ‘कृषि उत्पादन बढाउन सके आयात विस्थापन गरी निर्यात बढाउन सकिन्छ । व्यापार घाटा घटाउन सकिन्छ । यसैमा बजेट केन्द्रित छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै