पोखरा । कोरोना नियन्त्रणमा सरकारी प्रयास फितलो रहेको र एमसीसी खारेज गर्नुपर्ने लगायत विभिन्न विषयमा यतिखेर देशभर विरोध र प्रदर्शन भइरहेको छ ।
यसैबीच, पोखरामा सोमबार विरोध प्रदर्शन गरियो । तर सो प्रदर्शनमा समूह थिएन । मात्र एक्लै थिइन्–शिरिष गुरुङ ।
एक्लै व्यानर बोकेर उनी जिल्ला प्रशासन कार्यालय कास्कीअघि पुगिन् । ३ घण्टासम्म धर्ना दिइन् । दिउँसो २ बजे पुगेकी उनी ५ बजेमात्र फर्किइन् । केही साथीभाइ जम्मा गरी सामूहिकरुपमै भेला हुने इच्छा भए पनि सम्भव नभएपछि २ हातमा प्लेकार्ड बोकेर एक्लै पुगेकी हुन् । प्लेकार्डमा अंकित थियो–‘इन अफ इज इन अफ’ र ‘वेक अफ पोखरा’ । काठमाडौं पोखरा लगायत देशका विभिन्न ठाउँमा भइरहेको स्वतन्त्र विरोधबाट प्रभावित भएरै उनले पनि यो कदम चालेको स्पष्ट पारिन् ।
धर्ना दिने जानेक्रममा शहीदचोकमा उनलाई प्रहरीले सोधपुछ गर्यो । देख्ने अन्य सर्वसाधारणले भने समर्थन जनाए । तर उनको गुनासो चाहीँ खुलारुपमा ‘ठीकलाई ठीक र बेठीकलाई बेठीक’ खुलेरै भन्न नेपालीहरुले नसकेका हुन् कि भन्नेमा रहेछ । भन्छिन्, ‘मलाई एक्लै भएकोमा दुःख छैन । बरु अरु सामेल नभएकोमा छ ।’
कोरोना नियन्त्रणमा सरकारी प्रयास फितलो रहेको भन्दै उनले मानव स्वास्थ्यप्रति खेलवाड गर्न नहुने बताउँछिन् । पिसिआर टेष्ट नगरी आरटिडिमात्र गर्दा झन् समस्या बल्झिएकोले पिसिआर अनिवार्य गर्नुपर्ने उनको माग छ । सरकारले १० अर्ब खर्च गरेको भनेपनि जनतामा त्यसको प्रत्यक्ष प्रभाव नपरेको उनको तर्क छ ।
कुनै दलबाट प्रभावित नभएको स्पष्ट पार्दै उनले राष्ट्रका लागि केही समय सबैले दिन सके भविष्यमा यस्ता समस्या निराकरण हुने विश्वास गरिन् ।
झण्डै ३ महिनादेखिको लकडाउनमा उनी कास्कीकै घोरेपानीमा बसिन् । जेठ ३१ मा मात्र पोखरा आएकी हुन् । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस्तै बेथितिबारे विरोध प्रदर्शन भइरहेको देखेर आफू प्रेरित भएको उनले बताइन् । काठमाडौं जाने सोच भए पनि पोखराबाटै आवाज उठाउन भन्दै ‘वेक अफ पोखरा’ अंकित प्लेकार्ड बोकेर उनले खुलाइन् ।
स्वतन्त्ररुपमा आफ्नो आन्दोलनमा सहभागी हुन चाहनेलाई हातोमालो गर्नेे गुरुङको सोच छ । ‘नभए सरकारको राम्रा कामको प्रशंसा र नराम्रोको विरोध गर्छु, उनले अठोट व्यक्त गरिन् ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१