बुटवल, १ असार । प्रदेश ५ सरकारले चालु आर्थिक वर्षभन्दा ६ करोड रुपैयाँ कम गरी आव २०७७/७८ का लागि ३६ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले सो बराबरको बजेट सार्वजनिक गरेका हुन् ।
बजेटमध्ये चालुतर्फ ३४ दममलव ६४ प्रतिशत अर्थात् १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पुँजीगततर्फ ५१ दशमलव २२ प्रतिशत अर्थात् १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ १४ दशमलव १४ प्रतिशत अर्थात् ५ अर्ब १४ करोड ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षभन्दा ६ करोड रुपैयाँ कम
बजेट आन्तरिक राजश्वबाट २ अर्ब ३ करोड ७५ लाख, राजश्व बाँडफाँटबाट ११ अर्ब ३४ करोड २ लाख, रोयल्टी बाँडफाँटबाट ८८ करोड ५६ लाख, वित्तीय समानीकरणतर्फ १७ अर्ब ६३ करोड ७१ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८८ करोड ३६ लाख समपूरक अनुदानतर्फ ४८ करोड ३३ विशेष अनुदानबाट र २१ करोड र चालु वर्षको खर्च हुन नसकेको रकमबाट ७ अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको छ ।
सरकारले चालु आवको लागि अघिल्लो वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको थियो । स्वास्थ्य, कृषि र रोजगारी प्रवर्धनमा बजेट केन्द्रित बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै जिल्ला अस्पतालहरुलाई ५० शैयाको अस्पतालका रुपमा स्तरोन्नति गर्ने घोषणा गरे ।
उनले रुकुम पूर्व, नवलपरासी, भीम अस्पताल, कपिलवस्तु र बर्दियाको जिल्ला अस्पताल स्तरोन्नतिका लागि १५ करोड बजेट बिनियोजन गरेको बताए । उनले १०९ वटै पालिकामा मुख्यमन्त्री ग्रामिण विकास रोजगार कार्यक्रम संचालन गर्न १ करोड बिनियोजन गरेको बताए ।
कपिलवस्तुको विवराजमा सरुवारोग अस्पताल निर्माण गर्न १ करोड तथा दाङको लमहिमा ट्रमा अस्पतालका लागि ५ करोड बजेट बिनियोजन गरिएको छ ।
आव २०७७/०७८ मा बाँकेको खजुरामा प्रदेश विश्वबिद्यालयको स्थापना गर्ने घोषणा गर्दै पोखरेलले त्यसको लागि ७ करोड बजेट बिनियोजन गरेको बताए ।
संचार क्षेत्रको पनि समुचित विकास गरिने भन्दै विज्ञापन वितरण प्रणाली वैज्ञानिक बनाउने तथा संचारसबद्ध संस्थाहरुको विकासका लागि सहकार्य गर्ने बजेटमा उल्लेख गरिएको छ ।
सरकारले विदेशबाट फर्केका युवाहरुलाई स्वरोजगार सृजना गर्न ५१ करोढ १४ लाख बजेट बिनियोजन गरेको छ ।
कोरोना भाइरस नियन्त्रण गर्न प्रत्येक पालिकालाई ५/५ लाख बिनियोजन गरिएको छ । सरकारले स्थापना गरेको कोभिड–१९ कोषमा १५ करोड ६ लाख संकलन भएकोमा हालसम्म ७ करोड ८९ लाख विभिन्न शीर्षकमा निकासा भएको उनले बताए । आगामी वर्षमा पनि सो कोषमा १० करोड बिनियोजन गरिएको छ ।
यसैबीच, प्रस्तुत बजेटबारे आलोचना र प्रशंसा दुवै देखिएको छ । सत्ता पक्षका सांसदहरुले वर्तमान अपस्थामा पनि बजेट निकै सन्तुलित आएको प्रतिक्रिया दिँदा विपक्षी दलका प्रदेश सदस्यहरुले बजेट वितरणमुखी देखिएको टिप्पणी गरेका छन् । उनीहरुले सरकारले कोरोना भाइरसविरुद्धको अभियानमा बजेट निकासा गर्न नसकेको तथा अहिले पनि वितरणमुखी बजेटलाई नै निरन्तरता दिएको टिप्पणी गरेका छन् ।
नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्रीले सरकारी बजेट सन्तोष जनक नभएको टिप्पणी गरिन् । उनले वितरणमुखी बजेट ल्याएको र कार्यान्व्यनमा चुनौतीहरु रहेको बताइन् ।
सत्तारुढ नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले बजेटको बचाउ गर्दै संकटका बेला निकै सन्तुलित बजेट आएको दाबी गरे । उनले बजेटले प्रदेशका जनतालाई समेटेको बताएका छन् ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१